back
CTIZAN AD

मुक्तक

वि.सं.२०८० असोज १३ शनिवार

2.1K 

shares

बद्री उप्रेती, काठमाडौं

१.
थोरै नपठाउनु यादहरु फालाफाल पठाइदिनू
आँसु पठाउँदा पुछ्नलाई रुमाल पठाईदिनू
तिम्रो यादमा तड्पिएर सधैँ रोइ बस्नु भन्दा,
एकै झट्कामा प्राण जाने काल पठाइदिनू ।


हत्या गर्दिन भन्नेकै जेबमा गोलीको खोका हुन्छ
बदलाको पनि थाहा थिएन त्यति धेरै पोका हुन्छ
राम्रै होला ठानेर मित्रताको हात बढाएको मैले,
के थाहा थियो र तिमीबाट यति ठूलो धोका हुन्छ ।


नगर्नु ईर्ष्या हानी हुन्छ, घमण्डले बुद्धि मोटो हुन्छ
सल्लाह दिने गलत भए, सज्जन पनि खोटो हुन्छ
तिखो वचन बोलेर उचाइ बढ्छ ठानेका होलाऊ,
बढ्दैन उचाइ त्यसले तिम्रो बरु कद छोटो हुन्छ ।


झुक्याएर छल गर्छन् डाँका आउँछन् साधुको भेषमा
दोष लाग्छ सजिलै सुजन थुनिन्छन् चोरको केसमा
वरिष्ठ पदमा विराजमान, तपाईँ नै भन्नुस् महाशय,
कसरी हाँस्न सक्छु म यो न्याय हराएको मेरो देशमा ।


छल गर्छन् सजिलै, कहिले वारि कहिले पारि हुन्छन्
मौका हेरेर काम गर्छन् उचाली नसक्नुका भारी हुन्छन्
सोझो मनले आँखा चिम्लेर नगर्नु भरोसा कहिले पनि,
घातगर्ने भनेकै अड्डा र अदालतका अधिकारी हुन्छन् ।

 

वि.सं.२०८० असोज १३ शनिवार ०८:०० मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...

गजल

गजल

रमा खतिवडा, पोखरा आज उसले मन पगाल्यो के हुने हो...