back
CTIZAN AD

कोपिला

वि.सं.२०८० असोज १३ शनिवार

1.4K 

shares

लक्ष्मी स्मृति, बिराटनगर

१.
बिसंगति पनि कति धेरै
जता हेर्यो कमिशन, भ्रष्टाचार सुनिन्छ
बिग्रिएको मात्र मती धेरै ।

२.
कहाँ अस्पताल जस्तो लाग्छ
ब्यापार सिवाय उपचार छैन भरपर्दो
बसेको छ काल जस्तो लाग्छ ।

३.
जोस जाँगर नै नमरोस् भन्दा पनि
आउँदैन समय पनि कुनै उत्साह लिएर
बेकाम बस्नु नपरोस् भन्दा पनि ।

४.
अलिकति दान दिन पाए
आशिर्वादको बर्षा बर्षिन्थ्यो उताबाट
मनैले सम्मान दिन पाए ।

५.
मन्दिरमा भगवानको नाम जप्नु भन्दा
बा आमा पुज्ने संस्कार सिकाईयोस बिद्यालयमा
देशमा अनेकौँ बृद्धाश्रम थप्नु भन्दा ।

वि.सं.२०८० असोज १३ शनिवार ०७:५९ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...

गजल

गजल

रमा खतिवडा, पोखरा आज उसले मन पगाल्यो के हुने हो...