बाबुराम न्यौपाने ‘उत्स’,दमक, झापा
समयको अनन्त महानदी
आफ्नू पोल्टामा
हीरा मोती लुकाएर
युगयुग बगिरहेको छ
जागरिलाहरुले उघाएर
ढिकुटी भरिसक्छन्
अल्छि कामचोरहरु
अभावको गीत गाउँनमै मग्न हुन्छन् ।
गरिबी अल्छेको गीत हो
जाँगरको करेसामा
अन्नका खदिला बाला झुल्छन्
हिमालको हिउँ
हीराभन्दा महगो छ
जहाँको दृश्य बेचेर
सुनको पहाड खरिदगर्न सकिन्छ ।
उदार पृथ्वी
मान्छेको असिमित
लोभ देखेर,क्षुब्द छिन्
मान्छे !!
तृष्णाको भट्टीमा
आनन्दको स्वर्ग किन खोज्छ ।
अँध्यारो आँखा ।
१०.
सुर सौन्दर्य
मोहनी लगाउने
लाली समय ।
वि.सं.२०८० असोज १३ शनिवार ०७:५८ मा प्रकाशित






























