back
CTIZAN AD

हाइकु

वि.सं.२०८० असोज १३ शनिवार

1.3K 

shares

राजन ग्याल्दाङ् घले
धार्चे –६, काशीगाउँ, गोरखा, हाल -जापान

१.
जवान फूल
मखमली बगैँचा
झल्को तिहार ।

२.
नदी हिमाल
नेपाल पहिचान
सधैँ दुत्कार ।

३.
बुढो समय
कष्टकर जिन्दगी
लौरो सहारा ।

४.
बर्खे झरीमा
सिमसिमे पानीमा
जहिले रिस ।

५.
हिमाली हावा
सदा नझुक्ने शिर
साहसी छोरो ।

६.
वनमा रजाइँं
लेकबेँसीको यात्रा
गोठाले दाइ ।

७.
वैशाख जेठ
डाले घाँस पलिँदा
खसीको याद ।

८.
खडेरी बेला
आकाशे पानी भर
डुब्यो खेती

९.
दुःखी किसान
मल आसैआसमा
अँध्यारो आँखा ।

१०.
सुर सौन्दर्य
मोहनी लगाउने
लाली समय ।

वि.सं.२०८० असोज १३ शनिवार ०७:५७ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...

गजल

गजल

रमा खतिवडा, पोखरा आज उसले मन पगाल्यो के हुने हो...