back
CTIZAN AD

सुसेली

वि.सं.२०८० असोज १३ शनिवार

1.3K 

shares

चन्द्रावती अधिकारी, कोहलपुर


माया मेवा हो
नजाने यो अर्काको,
जाने पेवा हो ।


आऊ साँझमा,
रमाईलो गरौँला,
सबै माझमा ।


आँसु पिउँदै,
के सोद्छौ खबर खै ?
म छु जिउँदै ।


म त नेपाली,
शिर मेरो गर्वले,
हिँड्छु उचाली ।


अघि बोलायौ,
केमा दिल बसेन ?
ऐले टोलायौ ?


पाक्यो गुँहेली,
हाम्रो भेट गरायो,
धन्य सुसेली ।


तिम्ले दिएको,
फाटिगो त चौबन्दी,
छैन सिएको ।


के भो देशमा
निर्दाेष नै फसिन्छ,
ठूला केशमा ।


खोजौँ उज्यालो,
उठौँ सबै मिलेर,
फालौँ तुँवालो ।

१०
पाप मुछेर,
पाखण्डी नबन है,
आमा लुछेर ।

वि.सं.२०८० असोज १३ शनिवार ०७:५६ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...

गजल

गजल

रमा खतिवडा, पोखरा आज उसले मन पगाल्यो के हुने हो...