back
CTIZAN AD

कविताः जोहान्सबर्ग र जुटको फलैचा

वि.सं.२०८० असोज १३ शनिवार

1.6K 

shares

एमपी पाण्डे, बाजपा – ३, अछाम

म मेरो
देश सम्झिदै ब्युँझिए
जोहान्सबर्गको
जुम्ल्याहा इतिहास झै लाग्ने
हेक्टर पिटरसन म्यूजियम
नियाल्दै गर्दा
हिमाली हावाको झप्कोले
मेरो सपनाको स्वर्णबिमान,हल्लाइ दिएपछि ।

र खसेँ
एकहुल तन्नेरी ताराहरु सङ्गै
उत्तर–दक्षिण खुम्चिदै गएका सिमाना झै
दिनानुदिन खुम्चिदै गएको
टुडीखेल छेवैको
शहिदगेट नामको साँघुरो शिलामाथी
खासमा त
बजारिनु पर्थ्यो
तर डुबेँ रगतको आहालमा
मोरो ! सपना त भैझगो
जे पनि हुँदो रहेछ ।

जसोतसो
आइपुगे आहालको डिलमाथी
निष्पट्ट अँध्यारो छ विपना !
सालिक सम्म ठम्याउन सकिदैन मान्छे त के…,
आवाज भने जोडतोडले आइरहेको छ
भारी ट्रकले घुमाउरो बाटोमा हर्न बजाए जस्तो
अध्यारो छिचोल्न कोशिस गरेँ
आँखा मिचिमिची
कतै मुकुन्द दाइ, देश फलाक्दै त छैनन्
धरहरा चढेर
अह! यो एकल आवज थिएन ।

मैले कान ओछ्याएँ…
एउटा धुमिल आवाज सुनियो
हाम्रो शाहादातको लाम खेर गयो
फेरि अर्को आवाज
फेरि अर्को
फेरि अर्को…
लगातार लगातार
यहीँ यस्तै गुञ्जिरह्यो कानभरी
पानी भयो हाम्रो रगत…,
कुन दिन सुडान हुन्छ नेपाल पनि..
सुनखानीको सुनौलो कथा लेखेको
जोहान्सबर्ग एक्प्रेसको,पुरानो पानामा
लट्पट्ट्याइएको एकटुका पाउरोटी टिपेर
भाग्दै गरेकी सुडानी युवती जस्तो ।

फेरि अर्को…
हो !
“माटोको माया भएकोः– मुटु“ पाएन हाम्रो देशले

लत्रीयो यो चन्द्रसुर्य…
नुग्यो सगरमाथा…
अँचेल त
सरकारी तवरमै
आफ्ना नागरिक बेँच्छ नेपाल,सस्तो दरभाउँमा…,
बेला बेला हाटबजार लागिरहन्छ
नागरिकताको पनि…।

एक गिलास
कागती पानी दिइन्
मेरी उनिले
अनी छोड्यो हिजो साँझको ह्याङओभरले
झसङ्ग भएँ फेरि एकपटक
म सङ्गसङ्गै होसमा आयो
जोहान्सबर्ग र जुटको फलैचा ।
जोहानसबर्ग र जुटको फलिचा ।।

वि.सं.२०८० असोज १३ शनिवार ०७:५६ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...

गजल

गजल

रमा खतिवडा, पोखरा आज उसले मन पगाल्यो के हुने हो...