back
CTIZAN AD

जहाँ सबै विद्यार्थी दैनिक शिक्षकको कोठामा पुुग्नुपर्छ

वि.सं.२०८० असोज १६ मंगलवार

819 

shares

गल्याङ (स्याङ्जा) । स्याङ्जाको भीरकोट नगरपालिका–९ साउन्दीस्थित पीपलडाँडा माध्यमिक विद्यालयमा विद्यार्थीहरू शिक्षकको कोठामा पुग्नैपर्ने नियम छ । विद्यालयले प्रविधिको उच्चतम प्रयोग गर्ने नीतिअनुसार विद्यार्थीलाई शिक्षकको कार्यकक्षमा अध्ययनका लागि पुग्नैपर्ने नियम बनाइएको विद्यालयका प्रधानाध्यापक रोमकान्त न्यौपानेले जानकारी दिए ।

उनले आवश्यक शैक्षिक सामग्री, प्रयोगशाला, ल्याब, कम्प्युटर, इन्टरनेट, प्रोजेक्टर, स्मार्ट बोर्डसहित व्यवस्थापन गरिएको विषय शिक्षकको कार्यकक्षमा विद्यार्थी अध्ययनका लागि जाने गरेको बताए । प्रधानाध्यापक न्यौपानेले एकदेखि कक्षा तीनसम्म ग्रेडिङ प्रणालीबाट शिक्षण सिकाइ क्रियाकलाप भएको भन्दै चारदेखि कक्षा १० सम्म प्रविधिको उच्चतम प्रयोगसहित शिक्षण सिकाइ क्रियाकला सञ्चालन भएको बताए ।

“हामीसँग पर्याप्त कक्षा कोठा भएकाले सबै विषय शिक्षकको प्रविधि जडित आवश्यकताअनुसार प्रयोगशाला र शैक्षिक सामग्री राखेर आ–आफ्नै कार्यकक्ष बनाइएको छ”, उनले भने, “चार कक्षा देखि १० कक्षा सम्मका सबै विद्यार्थी घण्टीअनुुसार विषय शिक्षककहाँ गएर अध्ययन गर्ने व्यवस्था मिलाइएको छ ।”

शान्त वातावरण, रमणीय दृश्य, उचित खेलमैदान, शुद्ध पिउनेपानी, शौचालयको राम्रो व्यवस्था र प्रविधिको अधिकतम प्रयोगले विद्यार्थीको आकर्षण बढ्दै गएको प्रधानाध्यापक न्यौपानेको भनाइ छ । उनले यो विद्यालयमा गत आर्थिक वर्षमा ‘आइसिटी कार्यक्रम’ योजनाका लागि छनोट भएर कार्यक्रम लागू भएको बताए । यो विद्यालय ५६ वर्ष पुुरानो हो भने यहाँ हाल १८ शिक्षक तथा कर्मचारी कार्यरत छन् । एक सय ४० विद्यार्थी अध्यनरत यस विद्यालयमा चार हजार पुस्तकसहितको पुस्तकालयसमेत छ ।

सोही विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रा तुलसी तिवारीले विद्यालयमा नयाँ शिक्षण सिकाइ पद्धति सुरुआत भएपछि आफुलाई पढाइप्रति जाँगर चल्दै गएको बताए । उनले आफूले नजानेका विषयवस्तु शिक्षककै कार्यकक्षमा बसेर कम्प्युटरमा खोज्न पाउँदा ऊर्जा मिल्ने गरेको बताए । “गणित विषयको सन्दर्भ सामग्री पर्याप्त छैन, त्यसलाई बढाए हामीलाई सहज हुने थियो”, तिवारीले भने, “साना कक्षाका भाइबहिनीहरूका लागिसमेत उच्च प्रविधि पर्याप्त शैक्षिक सामग्रीसहित पढाउन आवश्यक छ ।”

अभिभावक चोकलाल तिवारीले प्रविधिको अधिकतम प्रयोग गर्ने विद्यालयको प्रयासले अभिभावकमा नयाँ आशा जगाएको बताए । उनले शिक्षककै कोठामा गएर पढ्नुपर्ने नियमका कारण आफ्ना छोराछोरीमा सिर्जनशीलता र क्रियाशीलताको विकास भएको बताए । उनले जिल्लाका उत्कृष्ट विद्यालयसँग प्रतिस्पर्धा गर्नका लागि नमुना र शैक्षिक स्तर राम्रो भएका विद्यालयहरूमा गएर यहाँका शिक्षकहरूलाई सिक्नसमेत सुझाव दिए ।

विद्यालयका शिक्षक प्रकाश न्यौपानेले बढ्दो बसाइँसराइका कारण गाउँ खाली भएको अवस्थामा प्रविधिको प्रयोगसहितको यो पद्धतिले विद्यार्थी टिकाउन सहज भएको बताए । उनले विद्यार्थी शिक्षकको कोठामा अध्ययन गर्न आउने परिपाटीले शिक्षक र विद्यार्थीबीच आत्मीयता, सद्भाव, सिर्जनशीलता र रुचिको विकास भएको दाबी गरे ।

जिल्ला शिक्षा समन्वन एकाइ स्याङ्जाका प्रमुख विश्वराज आचार्यले स्याङ्जामा ‘आइसिटी’को प्रयोग गर्ने विद्यालयहरूको सङ्ख्या बढ्दै गएको बताए । उनले प्रविधिको सही प्रयोग गरेका यहाँका विद्यालयहरूबाट सकारात्मक नतिजासमेत आइरहेको दाबी गरे । “प्रविधिको उच्चतम प्रयोग गर्ने क्रममा विद्यार्थीमा देखिएको गलत आचरण र व्यवहार हटाउनसमेत हामीहरू प्रयासरत छौँ”, प्रमुख आचार्यले भने, “विद्यार्थीले प्रविधिको गलत प्रयोग गर्न सक्ने सम्भावनासमेत रहने हुँदा अभिभावकलाई पनि चनाखो हुन सुझाव छ ।”

 

वि.सं.२०८० असोज १६ मंगलवार १७:३५ मा प्रकाशित

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म)...

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय...

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

काठमाडौँ । कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ...

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी ब्याङककमा भोलिदेखि...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

ललितपुर । ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल...