काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन १ गते विदा दिने सरकारको निर्णय फिर्ता नभए आन्दोलनमा जाने चेतावनी दिएका छन् ।
मंगलबार प्रतिनिधि सभाकोा बैठकमा सम्बोधन गर्दै ओलीले आगामी मन्त्रिपरिषद्को बैठकबाट उक्त निर्णय फिर्ता् लिन चेतावनी दिँदै आफुहरु फागुन १ गते सुरु भएको हिंसालाई दिवसको रुपमा मनाउन आफुहरु तयार नभएको बताए ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्न छिटो तयार नभएको आरोप लगाउँदै अरुले जस लिन्छ भनेर प्रचण्डले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन नचाहेको र आफु प्रधानमन्त्री हुँदा ती काम टुंगो लगाउन खोज्दा प्रचण्डले नमानेको आरोप ओलीले लगाए ।
‘मैले प्रधानमन्त्री भएका बेला सम्माननीय प्रधानमन्त्री त्यतिबेला सत्तारुढ दलको सहसंयोजक हुनुहुन्थ्यो । प्रधानमन्त्रीको हैसियतमा शान्ति प्रक्रिया टुंगाउन खोज्दा को–चेयरमेनबाट सहयोग पाइन । समिति बनाउन एकवर्ष, मान्छेको नाम दिन एकवर्ष,’ उनले भने, ‘मैले तपाई र शेबहादुरजी द्धन्द्धको अर्को पक्ष हुनुहुन्थ्यो टुंग्याउने प्रस्ताव ल्याउनुस् म टुंग्याउँछु भन्दा मानिएन ।’ उनले भने ।
उनले शान्ति प्रक्रियाको श्रेय ओलीलाई किन दिने भनेका कारण ती काम लट्किरहेको बताए ।
‘त्यतिबेलाको द्धन्द्धका खाटा विर्सेर जानु पर्ने बेलामा प्रधानमन्त्रीले हिंसा सुरु भएको दिनलाई राष्ट्रिय उत्सवको रुपमा घोषणा गर्नुभयो । भोज खाउ, नाचगाँन गर, बाजा बजाउ नाँच, त्यसका लागि छुट्टी, राष्ट्रिय विदा घोषणा गर्नुभयो । एकवर्षमात्र होइन सधैका लागि विदा घोषणा । यो विदा घोषणा मान्य छैन ।’ ओलीले भने ।
वि.सं.२०८० असोज १६ मंगलवार १६:५२ मा प्रकाशित






























