back
CTIZAN AD

इन्जिनियरिङ अध्ययन संस्थान परीक्षा बोर्डका पदाधिकारीले दिए संयुक्त राजीनामा

वि.सं.२०८० असोज १७ बुधवार

1.6K 

shares

काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान प्रवेश परीक्षा बोर्डका अध्यक्षसहितका पदाधिकारीले राजीनामा बुझाएका छन् ।

बोर्डका अध्यक्ष प्रा.डा सुशील बहादुर बज्राचार्यसहित सदस्य सह–प्रा.डा.इन्द्र प्रसाद आचार्य, संजिव प्रसाद पाण्डे, उप प्रा किरण चन्द्र दाहाल र सल्लाहकार सह प्रा.डा सुरज लामिछाने (सहायक डीन परीक्षा) र प्रा.डा हिक्मतराज जोशी (प्राधापक) ले बुधबार संयुक्त राजीनामा बुझाएका हुन् ।

बोर्डका सबै पदाधिकारीको राजीनामाा कारण असोज २२ गतेदेखि हुने भनिएको प्रवेश परीक्षा नहुने भएको छ ।

बोर्डका पदाधिकारीहरुले मंगलबार डिनको कार्यालयलाई पठाएको पत्र अनुसार असोज १७, १८ र १९ गते फारम लिएर २२ गते परीक्षा संचालन गर्न नसकिने भन्दै मंगलबार राजीनामा बुझाइएको जनाइएको छ ।

इन्जिनियरिङको स्नातक तहको पूर्ण शुल्कतर्फको शुल्क ७ लाख ७५ हजार बनाउने निर्णय गरेपछि विद्यार्थीहरुले आन्दोलन गरेका थिए । आफुहरु दवावमा परेको भन्दै मंगलबार पुल्चोक क्याम्पसका ६ विभागीय प्रमुखहरुले विभाग सञ्चालन गर्ने जिम्मा स्ववियुलाई हस्तान्तरण गरेको भन्दै वक्तव्य जारी गरेका थिए ।

वि.सं.२०८० असोज १७ बुधवार १५:३५ मा प्रकाशित

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति...

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

काठमाडौँ । नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकहरूका लागि नेपाल भ्रमणमा...

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

काठमाडाैँ ।  हालसम्मको सबैभन्दा सस्तो पूर्ण इलेक्ट्रिक एसयूभी जिली E5/EX5...

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

काठमाडौं । भारत सरकारले चिनी निर्यातमा तत्काल प्रभावबाट प्रतिबन्ध लगाएसँगै...

सुकुम्वासीलाई मासिक १५ हजार दिने सरकारको तयारी

सुकुम्वासीलाई मासिक १५ हजार दिने सरकारको तयारी

काठमाडौं । सरकारले वास्तविक सुकुम्वासीहरूलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा)वितरण नगरेसम्म अस्थायी...