back
CTIZAN AD

एउटै आयोजनामा दोहोरो भुक्तानी भएपछि रकम फिर्ता

वि.सं.२०८० असोज १७ बुधवार

837 

shares

जाजरकोट । उखाले–तल्लु आयोजनाका लागि दुई कार्यालयबाट भुक्तानी लिएको पाइएपछि उपभोक्ता समितिले रकम फिर्ता गरेको छ ।

नलगाड नगरपालिका र भौतिक पूर्वाधार विकास कार्यालयबाट एउटै आयोजनाका लागि दोहोरो भुक्तानी लिएको पाइएपछि भौतिक पूर्वाधार विकास कार्यालयबाट लिइएको रकम उपभोक्ता समितिले फिर्ता गरेको कार्यालय प्रमुख स्वहिन्दर यादवले बताए । उनका अनुसार उक्त सडकको डिपिआर नगरपालिकाले गरेको थियो ।

आर्थिक वर्ष २०७९/८० मा उखाले–तल्लु सडक आयोजनाका लागि दुई कार्यालयबाट भुक्तानी दिइएको समाचार सार्वजनिक भएपछि दोहोरो भुक्तानी लिएको रकम समितिले फिर्ता गरेको प्रमुख यादवले बताए । पूर्वाधार विकास कार्यालयबाट रू १२ लाख ८२ हजार सात सय २२ भुक्तानी लिइएको थियो । उक्त आयोजनाका लागि नगरपालिकाले रू १९ लाख ४० हजार भुक्तानी दिएको जनाएको छ ।

नगरपालिका र पूर्वाधार विकास कार्यालयसँग उपभोक्ता समितिको तर्फबाट अध्यक्ष प्रेमबहादुर सिंह, सचिव प्रेमबहादुर मल्ल र कोषाध्यक्ष विष्णुकुमारी मल्लले सम्झौता गरेका थिए । समितिको खातामा दुवै कार्यालयबाट गत असारमा रकम भुक्तानी भइसकेको थियो ।

नगरपालिकाको काम सम्पन्न भइसकेको छानबिनमा पुष्टि भएपछि पूर्वाधार कार्यालयबाट ‘डुप्लिकेशन’ भएको तथ्य पत्ता लागेको प्रमुख यादवले जानकारी दिए । “बढी भुक्तानी लिएको पाँच प्रतिशत धरौटी बाहेक रू १२ लाख ८२ हजार सात सय २२ मङ्गलवार कार्यालयको खातामा जम्मा भएको छ”, उनले भने । उनका अनुसार गत असारमा उखाले–तल्लु–हितानगाँउ जोड्ने सडक निर्माणका लागि दाहोरो रकम भुक्तानी लिएको सार्वजनिक भएको थियोे ।

“झुक्याएर डुप्लिकेशन गरी भुक्तानी लिने उपभोक्ता समितिलाई बोलाएर रकम जम्मा गर्न दबाब दियौँ । अन्यथा कानुनी कारवाही गर्ने चेतावनी दिएपछि भुक्तानी लिइसकेको रकम फिर्ता गरेको हो”, यादवले भने, “ समितिलाई थप कारवाही के गर्ने भन्नेबारे प्रमुख जिल्ला अधिकारीसँग छलफल भइरहेको छ ।”

एउटै आयोजनाका लागि दोहोरो भुक्तानी भएको सम्बन्धमा सत्य तथ्य पत्ता लगाउन दुवै कार्यालयका प्राविधिक, वडाध्यक्षसहितको टोलीले स्थलगत अध्ययन गर्दा उपभोक्ताले डुप्लिकेशन गरेको र वडाध्यक्ष लालबहादुर बानिया समेतलाई झुक्याएको पाइएको यादवले जानकारी दिए ।

 

वि.सं.२०८० असोज १७ बुधवार १६:०० मा प्रकाशित

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ झण्डाबोझका ६० वर्षीय हिमाली डगौराले तीन...

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकी टोलका ७३ वर्षीय ग्रिस...

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

बाजुरा । चट्याङ लागेर बाजुरामा बुधबार वनमा चराउन लगिएका ३९...

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका वन क्षेत्रमा डढेलोको प्रकोप बढ्न थालेको...

बालबालिकाको पाखुरा नाप

बालबालिकाको पाखुरा नाप

कञ्चनपुर । कञ्चनपुरमा ७० हजार २७७ बालबालिकालाई भिटामिन ‘ए’ तथा...

कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बन्दै

कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बन्दै

भजनी, (कैलाली) । कैलालीको भजनी नगरपालिका वडा नं. ४ झलझलिया...