back
CTIZAN AD

आममाफीमा सरकारले कानुनको दुरुपयोग गरेको भन्दै गगन थापाले मागे सरकारको जवाफ

वि.सं.२०८० असोज १८ बिहीवार

1.2K 

shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले सरकारले कानुनका छिद्रबााट बदनियतरुपमा छिरेर गम्भीर अपराधको दोषी ठहर भएकालाई पनि कैद माफी मिनाहा गरिएको भन्दै विरोध गरेका छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोलेका थापाले संविधान दिवसका दिन ६७० जनााई आमाफी दिइएको र ती मध्ये केहीले संविधान सम्मत र कानुनसम्म माफी पाएको भएपनि केहीलाई संविधानको मर्म विपरित कानुनका छिद्रबााट बदनियतरुपमा छिरेर गम्भीर अपराधको दोषी ठहर भएकालाई पनि कैद माफी मिनाहा गरिएको भन्दै विरोध गरेका छन् ।

‘बदनियतका साथ भएको यो निर्णय गलत छ । यसको विरोध स्वभाविक र वान्छनिय रहेको छ । यसको विरोध हुन्छ र हामी विरोध गर्छौ । यो विषय अदालतको ढोकासम्म पुगेको र यसले हामी सबैलाई गिज्याइरहेको छ । अदालतमाथि पनि पश्न उठेको छ । यसबारेमा अदालत पनि बोल्छ ।’ थापाले भने ।

उनले राज्यले कानुको दुरुपयोग गरेको र कसैलाई अनुचित लाभ दिएको विरुद्धमा बोल्दै आएको बताउँदै थापाले भने–‘बोल्दै गर्दा सरकारमा को छ भन्ने हामीले हेरेका छैनौं । त्यसको मूल्य पनि चुकाएका छौं । तर सधै यस्तो हुँदैन ।’

थापाले २०६८ सालमा ६ जनाको हत्या गर्नेलाई माफी दिइएको, बलात्कारको अभियुक्तलाई माफी दिइएको बताउँदै उनले भने–‘अदालतले बोल्यो कानुन बनाउ भनेर, संविधान निर्माण भएपछि हामीले यहि संसदबाट कानुन बनायौं । २०७५ बााट कानुन लागु भयो । यो कानुन लागु भइसकेपछि असोज ३ गतेसम्म कैद मिनाहा पाएको संख्या ६ हजार ७४६ जनाले यो सुविधाको उपयोग गरेको पाइयो ।’ थापाले भने ।

थापाले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा (१५९) ले र फौजदारी कसुर सजाय नियन्त्रण, निर्धारण तथा कार्यान्वयन २०७४ को दफा ३७ ले प्रष्टसँग यो कुरा बोलेको बताए । ‘ दुवै कानुनले स्पष्ट रुपमा भन्छ, गम्भीर फौजदारी अपराधमा संलग्न दोषी र जन्मकैद सजाय पाएका व्यक्तिको सजाय माफी हुन सक्तैन ।’
थापाले कानुनले स्पष्टरुपमा भनेपनि मन्त्रिपरिषद्बाट यो कुरा कसरी सिफारिस भएर गयो भन्ने प्रश्न समेत उनले उठाए । उनले सरकारले यस्तो निर्णयका बारेमा संसदमा आएर जवाफ दिनुपर्ने बताउँदै सरकारले यसरी कानुनको अपव्याख्या गर्न नपाउने बताए ।

 

 

वि.सं.२०८० असोज १८ बिहीवार १४:०८ मा प्रकाशित

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले...

भोटेकोशी बाढीले बैंकिङ क्षेत्रको कर्जा र लगानीमा समेत असर पर्न सक्ने सिबिफिनको भनाइ

भोटेकोशी बाढीले बैंकिङ क्षेत्रको कर्जा र लगानीमा समेत असर पर्न सक्ने सिबिफिनको भनाइ

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट बैंक तथा वित्तीय...

प्रधानमन्त्री बालेन स्थलगत निरीक्षण गरेर फर्किए

प्रधानमन्त्री बालेन स्थलगत निरीक्षण गरेर फर्किए

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह आज बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको...

भोटेकोशी बाढी प्रभावितका लागि राहत सामग्री संकलन गर्न तोकिए यी तीन स्थान

भोटेकोशी बाढी प्रभावितका लागि राहत सामग्री संकलन गर्न तोकिए यी तीन स्थान

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकका...