back
CTIZAN AD

सम्पर्क सञ्जाल विस्तारमा ट्रान्स हिमालयन फोरम महत्त्वपूर्ण मञ्च हो : उपाध्यक्ष अर्याल

वि.सं.२०८० असोज १८ बिहीवार

1K 

shares

काठमाडौँ । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले सम्पर्क सञ्जाल अभिवृद्धि तथा साझेदारी विकास गर्न ट्रान्स हिमालयन फोरम महत्त्वपूर्ण मञ्च भएको बताएकी छन् ।

चीनको स्वशासित क्षेत्र तिब्बत लिन्झीमा आयोजित चीन सीझ्याङ ट्रान्स हिमालयन फोरमलाई आज सम्बोधन गर्दै उनले बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) मात्र नभई ट्रान्स हिमालय क्षेत्रमा व्यापार, पारवहन तथा लगानी प्रवर्द्धन गर्ने बताइन् ।

बिआरआईको कार्यान्वयनबाट नेपाल र चीन तथा दक्षिण, दक्षिणपूर्वी, मध्य एसियाबीच ‘कनेक्टिभिटी’ विस्तार हुने जनाउँदै उपाध्यक्ष अर्यालले ऐतिहासिक कालदेखि नै नेपाल र चीनबीच सम्बन्ध रहेको तथा दुवै मुलुक नजिकको मित्र र विश्वासिलो साझेदार भएको उल्लेख गरिन् ।

नेपाल सदैव एक चीन नीतिप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरिन् । उनले दुवै मुलुकका तर्फबाट भएका उच्चस्तरीय भ्रमणले द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ तुल्याएको बताइन् ।

उपाध्यक्ष अर्यालले चीनका राष्ट्रपति सी चीनफिङले सन् २०१९ मा नेपालको भ्रमण गरेको तथा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले सोही वर्ष गरेको चीन भ्रमणको स्मरण गर्दै यसै वर्ष राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सीझ्याङ स्वायत्त क्षेत्रका साथै हालै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरेको चीन भ्रमणबाट आपसी समझदारी र विश्वास वृद्धि भएको विचार व्यक्त गरिन् ।

नेपालको सामाजिक-आर्थिक विकासमा चीनले पु¥याएको सहयोगको सरहाना गर्दै उपाध्यक्ष अर्यालले कोरोना महामारीका बेला चीनले गरेको सहयोगका लागि धन्यवाद व्यक्त गरिन् । उजले सन् २०२६ मा विकासशील मुलुकमा स्तरोन्नति हुने नेपालको आकांक्षा साकार पार्न चीनले निरन्तर सहयोग गर्नेमा आफू आशावादी रहेको बताइन् ।

वि.सं.२०८० असोज १८ बिहीवार २२:४७ मा प्रकाशित

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति...

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

काठमाडौँ । नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकहरूका लागि नेपाल भ्रमणमा...

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

काठमाडाैँ ।  हालसम्मको सबैभन्दा सस्तो पूर्ण इलेक्ट्रिक एसयूभी जिली E5/EX5...

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

काठमाडौं । भारत सरकारले चिनी निर्यातमा तत्काल प्रभावबाट प्रतिबन्ध लगाएसँगै...

सुकुम्वासीलाई मासिक १५ हजार दिने सरकारको तयारी

सुकुम्वासीलाई मासिक १५ हजार दिने सरकारको तयारी

काठमाडौं । सरकारले वास्तविक सुकुम्वासीहरूलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा)वितरण नगरेसम्म अस्थायी...