back
CTIZAN AD

सातै प्रदेशमा निबन्ध प्रतियोगिता गर्दै बीमा प्राधिकरण, अंग्रेजी भाषामा पनि लेख्न पाइने

वि.सं.२०८० असोज १९ शुक्रवार

1.5K 

shares

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा सचेतना तथा बीमा प्रवर्द्धनको लागि प्रदेश स्तरीय निबन्ध प्रतियोगिता संचालन गर्ने भएको छ । प्राधिकरणले आज असोज १९ गते एक सूचना जारी गर्दै सातै प्रदेशमा निबन्ध प्रतियोगिता गर्ने जनाएको हो ।

प्राधिकरणका अनुसार कक्षा ११ देखि स्नातक सम्म अध्ययनरत विद्यार्थीले प्रतियोगितामा भाग लिन सक्ने छन् । प्रतियोगितामा भाग लिन इच्छुक विद्यार्थीले देशको आर्थिक विकासमा बीमाको महत्व, वा बीमाको विकासमा सूचना प्रविधिको भूमिका, वा बीमाको विकास तथा विस्तारमा बीमा सचेतनाको महत्व मध्ये कुनै विषयमा निबन्ध लेख्नु पर्ने छ ।

प्रतियोगीको अध्ययनरत शैक्षिक सँस्थाको ठेगानाको आधारमा प्रदेश निर्धारण गरिने प्राधिकरणले जनाएको छ । जस्तैः सुदूरपश्चिम स्थायी घर भइ हाल काठमाडौंमा अध्ययनरत विद्यार्थी बाग्मती प्रदेशबाटै प्रतियोगी हुनेछ ।

प्राधिकरणका अनुसार लेखनको भाषा नेपाली वा अंग्रेजी मध्ये एक हुनु पर्नेछ । नेपाली भाषा भए प्रिती १६ फन्ट साइज र अंग्रेजी भाषा भए Times New Roman १२ फन्ट साइजमा हुनु पर्नेछ । निबन्ध बढीमा १५०० शब्दको हुनु पर्नेछ । प्रतियोगिताको सूचना प्रकाशन भएको मितिले २५ दिन भित्र निबन्ध उपलब्ध गराउनु पर्ने प्राधिकरणले स्पष्ट पारेको छ ।

निबन्ध आफ्नै मौलिक श्रृजना हुनु पर्ने र यस अघि अन्य कुनै पत्रपत्रिकामा प्रकाशित नभएको हुनु पर्ने प्राधिकरणले उल्लेख गरेको छ । निबन्ध पेश गर्दा प्रतियोगिको हालसालै खिचिएको पासपोर्ट साइजको फोटो र अध्ययन गरिरहेको संस्थामा परिचय खुल्ने कार्ड/संस्थाको पत्र पनि संलग्न गरी पठाउनु पर्नेछ । अन्यथा उक्त निबन्धलाई प्रतियोगितामा समावेश नगरिने प्राधिकरणले जनाएको छ ।

पेश हुन आएको निवन्धलाई विषय विज्ञ बाट मूल्यांकन गराइने प्राधिकरणले जनाएको छ । निबन्धलाई कम्तिमा Content ( विषय वस्तु), Originality and Relevance (मौलिकता र सान्दर्भिकता ), Originality and Relevance ( लेखन संरचना) र Structure (शब्द सीमा)को आधारमा मुल्य्कन गरिने प्राधिकरणले उल्लेख गरेको छ ।

प्रत्येक प्रदेशबाट एक सर्वोत्कृष्ट रचनालाई पुरस्कार स्वरुप रु १० हजार र प्रमाणपत्र प्रदान गरिने र छनौट भएको निबन्ध प्राधिकरणको केन्द्रीय कार्यालयबाट प्रकाशन हुने बुलेटिनमा समावेश गरिने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले प्रदेश अनुसार निबन्ध पठाउने ठेगाना छुट्टाछुट्टै रहेको र विस्तृत विवरण प्राधिकरणको वेबसाइट nia.gov.np मा हेर्न आग्रह गरेको छ ।

 

वि.सं.२०८० असोज १९ शुक्रवार १३:१० मा प्रकाशित

नेपाल लाइफ इन्स्योरेन्सद्वारा दृष्टिविहीन बालबालिकाका लागि निर्मित आवासीय भवन सम्पन्न गर्न सहयोग

नेपाल लाइफ इन्स्योरेन्सद्वारा दृष्टिविहीन बालबालिकाका लागि निर्मित आवासीय भवन सम्पन्न गर्न सहयोग

काठण्डाैँ  । संस्थागत सामाजिक उत्तरदायित्वप्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै नेपाल...

नेपाल लाइफको ऐतिहासिक सफलता : १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क आर्जन

नेपाल लाइफको ऐतिहासिक सफलता : १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क आर्जन

काठमाडौं । नेपालको अग्रणी जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स...

बीमा बजार सुधार र आगामी रणनीतिबारे ‘राउन्ड टेबल’ छलफल

बीमा बजार सुधार र आगामी रणनीतिबारे ‘राउन्ड टेबल’ छलफल

विराटनगर । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयको आयोजनामा बीमा...

सिटिजन्स बैंक र जय नेपाल सिनेमाजबीच समझदारी

सिटिजन्स बैंक र जय नेपाल सिनेमाजबीच समझदारी

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र जय नेपाल सिनेमाज...

इतिहास रच्दै नेपाल लाइफ: Gold Award बाट सम्मानित

इतिहास रच्दै नेपाल लाइफ: Gold Award बाट सम्मानित

काठमाडाैँ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

आई.एम.ई लाइफ इन्स्योरेन्स Bronze Award बाट सम्मानित

आई.एम.ई लाइफ इन्स्योरेन्स Bronze Award बाट सम्मानित

काठमाडौं । आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स...