back
CTIZAN AD

झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा करोडौं भष्टाचार भएको अख्तियारको ठहर

वि.सं.२०८० असोज २१ आइतवार

921 

shares

काठमाडौंं । झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सर्प पाल्ने नाममा करोडौ भष्टाचार भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठहर गरेको छ ।

सर्लाहीको लालबन्दीम रहेको उक्त प्रतिष्ठानमा झण्डै १८ करोड भ्रष्टाचार भएको ठहर गर्दै आयोगले विशेष अदालतमा मुज्ञा दायर गरेको छ ।

आयोगले सरकारबाट प्रतिष्ठानका नाममा १७ करोड ९८ लाख ३३ हजार रुपैयाँ खर्च लिए पनि काममा शून्य देखिएको भन्दै मधेश प्रदेशका तत्कालिन आर्थिक मामिला तथा योजना मन्त्ती विजय कुमार, सर्लाही लालबन्दी नगरपालिकाका पूर्व मेयर मानबहादुर खड्का तथा प्रतिष्ठानका अध्यक्ष रेवतीप्रसाद पन्त, महाहसचिव नवराज भण्डारी, कोषाध्यक्ष निरज भण्डारी र सदस्द्धय देवेन्द्र राय र मधेश प्रदेशका तत्कालीन आर्थिक मामिला सचिव प्रेम कुमार श्रेष्ठविरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

उनीहरुबाट १७ करोड ९८ लाख ३३ हजार असुल उपर गर्न र भ्रष्टाचार निवारण ऐन अनुसार कैद र जरिवाना माग गर्दै आयोगले आइतबार मुद्दा दायर गरेको हो ।

‘सो नगरपालिकाबाट उक्त गैरसरकारी संस्था/कम्पनीलाई बदनियतपूर्वक सरकारी रकम रु.१७,९८,३३,०००।– निकासा समेत दिई सो संस्थाबाट सम्पूर्ण रकम खर्च भइसक्दा समेत योजनाको उद्देश्य प्राप्तितर्फ सुन्य प्रगती भई अन्य स्वीकृत नभएका विषयमा समेत सरकारी रकम खर्च गरी गराई रु.१७,९८,३३,०००।– विगो बराबरको सरकारी सार्वजनिक सम्पत्ति हानिनोक्सानी, दुरुपयोग गरेको देखिएको छ,’ आयोगले भनेको छ, ‘निजहरु विजय कुमार र मान बहादुर खड्कालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा ऐ. दफा १७ ले व्यवस्था गरेबमोजिम ऐ. ऐनको दफा ३ को उपदफा (१) को देहाय खण्ड (झ) बमोजिम कैद र जरिवाना गरी हानिनोक्सानी, दुरुपयोग भएको रु.१७,९८,३३,०००।– (सत्र करोड अन्ठानब्ने लाख तेत्तीस हजार रुपैयाँ) ऐ. ऐनको दफा १७ बमोजिम निजहरुबाट असुल उपर गर्न एवं प्रचलित कानूनअनुसार बजेट कार्यान्वयन गर्ने अख्तियारी आफूलाई नरहेको अवस्थामा नरहेको अधिकारसमेत प्रयोग गरी निजहरुले त्रिपक्षीय समझदारी–पत्रमा हस्ताक्षर गरेको देखिँदा निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ बमोजिमको कसुरमा सोही दफा १५ बमोजिमसमेत कैद तथा जरिवाना हुन तथा प्रदेश सरकारको मन्त्रीको हैसियतमा रहेका निज विजय कुमारलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप कैद सजाय समेत हुन मागदावी लिइएको छ ।’

सो प्रतिष्ठानले लालबन्दी नगरपालिकाको सहकार्यमा विषालु सर्पको टोकाइमा प्रयोग गरिने एन्टि स्नेक भेनम उत्पादन गर्ने उद्धेश्यले एन्टि स्नेक भेनम उत्पादन तथा अनुसन्धान केन्द्र संचालन गरेको छ ।

भ्रष्टाचारका कारण यसअघि पनि नाम आएपछि उक्त झलनाथ खनालको नाम रहेको प्रतिष्ठानको नाम परिवर्तन गरेर राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान राखिएको छ । उक्त प्रतिष्ठानकम अध्यक्ष रेवतीप्रसाद पन्त छन् । पन्त नेकपा एमालेको मधेश प्रदेश कमिटीका उपाध्यक्ष समेत हुन् ।

 

वि.सं.२०८० असोज २१ आइतवार १५:३३ मा प्रकाशित

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

काठमाडौं । यामाहा मोटर कम्पनीले हरेक वर्ष जुलाई १ लाई...

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत...