back
CTIZAN AD

हिमाली पदयात्रामा पर्यटक बढ्दै

वि.सं.२०८० असोज २२ सोमवार

936 

shares

रसुवा । हिमाली पदयात्राको लागि यहाँ पर्यटकको आगमन बढ्न थालेको छ ।

गोसाइँकुण्ड तथा लाङटाङलगायत तामाङ सम्पदा क्षेत्रको पदमार्गमा पर्यटकको आगमन बढेसँगै हिमाली भेकको रौनकता समेत बढेको हो । वर्षा घट्दै गएको, मौसममा क्रमशः सुधार आउदा पैदल यात्रा अत्यन्तै सहज भएको जनाइएको छ । उच्च भागबाट हिमालको अवलोकन गर्न सहज तथा अर्गानिक उत्पादनको भोजनका लागि यहाँ पर्यटक आउने गर्दछन् ।

लाङ्टाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईका अनुसार हिमाली पदयात्राअन्तर्गत गत साउनदेखि यही असोज २० गतेसम्म १० हजार सात सय ७० जना आन्तरिक एवं बाह्य पर्यटकले लाङटाङ तथा पवित्र तीर्थ गोसाइँकुण्डको क्षेत्रको भ्रमण गरेका छन् ।

ती मध्ये सार्क राष्ट्रका ६२ जना, अमेरिका, अस्ट्रेलिया, जर्मनलगायत विभिन्न देशका एक हजार छ सय ५२ जना तथा नौ हजार ५६ जना आन्तरिक पर्यटक छन् । निकुञ्ज क्षेत्रको भ्रमण गर्ने पर्यटकबाट नियमानुसारको प्रवेश शुल्कबापत रु ४५ लाख आय भएको निकुञ्जका अभिलेखकर्ता रेञ्जर सुनिल राउतले जानकारी दिए ।

निकुञ्जले लठ्ठीका लागि बनस्पति नकाट्न, फोहर तोकिएको स्थानमा मात्र फ्याक्न, पैदल मार्गमा भेटिने वन्यजन्तुलाई नहिर्काउन र नलखेट्न पर्यटकलाई अनुरोध गरेको छ ।

पर्यटन होटल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष रामशरण गजुरेलले गोसाइँकुण्ड तथा तामाङ सम्पदा र लाङटाङ आउने पर्यटकको खानेवस्ने व्यवस्थाको लागि होटलको सुदृढीकरण एवं खाद्यान्न भण्डारण समेत सम्पन्न भइसकेकाले निर्धक्क साथ यात्रा गर्न सबै पर्यटकलाई अनुरोध गरे ।

यस्तै चालु आवको गत साउनदेखि यही असोज २० सम्म लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालय रु एक करोड राजस्वसमेत आर्जन गरेको छ । पर्यटक शुल्कको साथै निकुञ्जमा सञ्चालित होटलको बक्यौता तथा गत आवमा हेलिकप्टर अवतरणसमेतका विविध स्रोतबाट राजस्व सङ्कलन भएको सहायक संरक्षण अधिकृत मिलन सापकोटाले जानकारी दिए ।

रसुवाको भ्रमणमा आउने पर्यटकलाई उकाली, ओराली, भञ्ज्याङ चौतारीजस्ता पैदलमार्ग, स्थानीय कृषिउपजबाट तयार गरिएको भोजन, तामाङ संस्कृतिको नाचगान, भेष वेशभूषा, सेताम्मे टल्किने लाङटाङ हिमालजस्ता प्रकृतिको सुन्दरताले मनमोहक बनाउँदछ । संघीय राजधानी काठमाडौँबाट रसुवा छोटो दूरीको मार्ग भएका कारण पर्यटक पहिलो भ्रमण रोजाइँ रसुवा पर्ने गरेको छ ।

वि.सं.२०८० असोज २२ सोमवार १२:०५ मा प्रकाशित

बाढी पीडित राहत : ६०० वाईसीएल अग्रभागमा

बाढी पीडित राहत : ६०० वाईसीएल अग्रभागमा

काठमाडौँ । आपत विपद्मा नागरिकको साथ र सहयोगमा जुट्दै आएको...

भरतपुर महानगरमा ४१८ सीसीटीभी क्यामेरा जडान

भरतपुर महानगरमा ४१८ सीसीटीभी क्यामेरा जडान

भरतपुर । भरतपुर महानगरपालिकाले सहरको सुरक्षा तथा निगरानी प्रणालीलाई थप...

राज्यले सहयोग नचाहेको कांग्रेसको गुनासो

राज्यले सहयोग नचाहेको कांग्रेसको गुनासो

काठमाडौं । नेपाली कांग्रेसले भोटेकोशी विपत्तिमा आफ्ना जनप्रतिनिधिहरू राहत तथा...

बोेल्दा बोल्दै संसद्को सभाकक्षमा लडे सासद खड्का

बोेल्दा बोल्दै संसद्को सभाकक्षमा लडे सासद खड्का

काठमाडौँ ।  नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्का संसद्को सभाकक्षमा लडेका...

यस्तो छ – प्रधानमन्त्तीसँगको भेटमा नेता वर्षमान पुनले बुझाएको १८ बुँदे सुझाव

यस्तो छ – प्रधानमन्त्तीसँगको भेटमा नेता वर्षमान पुनले बुझाएको १८ बुँदे सुझाव

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाली कम्युनिष्ट पार्टीका नेता तथा...

संसदीय समितिद्वारा सुरुङमा फसेकाको उद्धारमा प्राथमिकता दिन निर्देशन

संसदीय समितिद्वारा सुरुङमा फसेकाको उद्धारमा प्राथमिकता दिन निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा, पूर्वाधार विकास समितिले भोटेकोशी बाढीबाट जलविद्युत् आयोजनाका...