back
CTIZAN AD

टिस्टा नदीमा आएको बाढीपछि सिक्किममा १० नेपाली बेपत्ता

वि.सं.२०८० असोज २३ मंगलवार

1.6K 

shares

मङ्गलबारे (इलाम) । इलामबाट गएका १० जना नेपाली भारतमा बेपत्ता भएका बताइएको छ ।

इलाम नगरपालिका-९ का नेपालीहरु गत असोज १६ देखि सिक्किममा बेपत्ता भएका प्रारम्भिक जानकारी आएको हो । काम गर्न गएका उनीहरु असोज १७ गते टिस्टा नदीमा आएको बाढीपछि बेपत्ता भएको हुन सक्ने स्थानीयको भनाइ छ ।

स्थानीय विक्रमबाबु फियाकका अनुसार टिष्टामा आएको बाढीपछि उनीहरु आफन्तसँग सम्पर्कविहीन भएका हुन् । सरकारबाट तदारुकताका साथ खोजी गरिदिन परिवारको आग्रह छ ।
बेपत्ता हुनेहरुमा इलाम नगरपालिका-९ का सानु भनिने सेनबहादुर कार्की, लाक्पा शेर्पा, नरमाया बस्नेत, खुशी बस्नेत, कुमार बस्नेतलथायतका रहेको इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए ।

कार्की र शेर्पा बेपत्ता भएको विषयमा आफूलाई यसअघि नै जानकारीमा आएको भए पनि बस्नेतलगायत अन्यको विषयमा थाहा नभएको उनको भनाइ छ । दुई जनाको विषयमा बेपत्ता भएको जानकारीमा आएको र अन्यको विषयमा पछिल्लो समयमात्र जानकारी प्राप्त भएको उनले बताए । सिक्किमका मिडियामा खबर गरिसकेको प्रजिअ पोखरेलले बताए । बाढीका कारण त्यस स्थानमा पुग्न नसक्ने, टेलिफोन, विद्युत् सबै अवरुद्ध भएको कारण कसैसँग सम्पर्क स्थापित हुन नसकेको बताइएको छ ।

नेपालका तर्फबाट प्रमुख जिल्ला अधिकारीले त्यहाँका सुरक्षाकमीसँग कुराकानी भइरहेको जानकारी दिए । उद्धारमा भारतीय पक्षसमेत लागेको जानकारी आएको उनले बताए ।
रासस/फाइल फोटो

वि.सं.२०८० असोज २३ मंगलवार १३:३९ मा प्रकाशित

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले...

भोटेकोशी बाढीले बैंकिङ क्षेत्रको कर्जा र लगानीमा समेत असर पर्न सक्ने सिबिफिनको भनाइ

भोटेकोशी बाढीले बैंकिङ क्षेत्रको कर्जा र लगानीमा समेत असर पर्न सक्ने सिबिफिनको भनाइ

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट बैंक तथा वित्तीय...

प्रधानमन्त्री बालेन स्थलगत निरीक्षण गरेर फर्किए

प्रधानमन्त्री बालेन स्थलगत निरीक्षण गरेर फर्किए

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह आज बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको...

भोटेकोशी बाढी प्रभावितका लागि राहत सामग्री संकलन गर्न तोकिए यी तीन स्थान

भोटेकोशी बाढी प्रभावितका लागि राहत सामग्री संकलन गर्न तोकिए यी तीन स्थान

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकका...