back
CTIZAN AD

नेपाल फर्किन इजरायलबाट थप दुई सय नेपालीले दिए निवेदन

वि.सं.२०८० असोज २६ शुक्रवार

852 

shares

काठमाडौं । इजरायलबाट फर्किन थप दुई सय जना नेपालीले निवेदन दिएका छन् । एक प्रेस विज्ञप्ति जारी गर्दै तेल अबिबस्थित नेपाली दूतावासले थप दुई सय नेपालीले निवेदन दिएको जानकारी दिएको हो ।

इजरायल-प्यालेस्टाइन युद्ध सुरु भएसँगै दूतावासले घर फर्किन चाहने नेपालीहरूका लागि अनलाइनमार्फत निवेदन मागेको थियो । अनलाइनमा नेपालीको विवरण प्राप्त भइराखेको दूतावासले जनाएको छ । निवेदन दिएका बाँकी सबैलाई नेपाल फर्काउने प्रक्रिया सुरु गरिएको दूतावासको भनाइ छ ।

अजा शुक्रबार बिहानमात्रै पहिलो चरणमा १५४ जना नेपाली विद्यार्थीलाई उद्धार गरी नेपाली ल्याइएको छ । इजरायलमा प्यालेस्टाइनको लडाकू समूह हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ । चार जना घाइते भएका छन् भने एक जना सम्पर्कविहीन भएका छन् ।

घाइतेमध्ये एक जना नेपाल फर्किसकेका छन् । अरु तीन जनाको इजरायलमै उपचार भैरहेको छ छ । उनीहरूमध्य पनि थप एक जना डिस्चार्जको क्रममा रहेको र बाँकी दुई जनाको उपचार जारी रहेको दूतावासले जनाएको छ ।

सम्पर्कविहीन भएका विद्यार्थी विपिन जोशीको पनि जोजी कार्य तीव्र पारिएको र मृतकको शव नेपाल पठाउन पहल भइरहेको दूतावासले जानकारी गराएको छ ।

विपिनलाई हमासले बन्धक बनाएको उनका साथीहरूले बताएका छन् । उनको खोजीका लागि प्रहरी र अस्पतालका साथै सम्भावित सबै माध्यमको सदुपयोग गरिएको दूतावासले जनाएको छ ।

दूतावासले इजरायलमा बस्ने नेपालीहरुलाई दूतावाससँग सहकार्य र समन्वय तथा स्थानीय सुरक्षा निकायको नियम पालना गर्न आग्रह गरेको छ ।

प्रेस विज्ञप्ती :

 

वि.सं.२०८० असोज २६ शुक्रवार १२:३० मा प्रकाशित

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति...

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

काठमाडौँ । नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकहरूका लागि नेपाल भ्रमणमा...

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

काठमाडाैँ ।  हालसम्मको सबैभन्दा सस्तो पूर्ण इलेक्ट्रिक एसयूभी जिली E5/EX5...

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

काठमाडौं । भारत सरकारले चिनी निर्यातमा तत्काल प्रभावबाट प्रतिबन्ध लगाएसँगै...

सुकुम्वासीलाई मासिक १५ हजार दिने सरकारको तयारी

सुकुम्वासीलाई मासिक १५ हजार दिने सरकारको तयारी

काठमाडौं । सरकारले वास्तविक सुकुम्वासीहरूलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा)वितरण नगरेसम्म अस्थायी...