back
CTIZAN AD

प्रतीक प्रधानको नेतृत्वमा डिजिटल मिडिया सोसाइटी गठन

वि.सं.२०८० कात्तिक १ बुधवार

1.5K 

shares

काठमाडौँ । बाह्रखरी डट कमका अध्यक्ष तथा प्रधानसम्पादक प्रतीक प्रधानको अध्यक्षतामा अनलाइन मिडिया सञ्चालकले ‘डिजिटल मिडिया सोसाइटी’ गठन गरेका छन् ।

आइतबार गठन भएको उक्त सोसाइटीको उपाध्यक्षमा सेतोपाटी डटकमका अध्यक्ष तथा प्रधानसम्पादक अमित ढकाल, महासचिवमा लोकान्तर डटकमका अध्यक्ष तथा सम्पादक विमल गौतम तथा कोषाध्यक्षमा क्लिकमान्डु डटकमका अध्यक्ष तथा प्रबन्धसम्पादक पुष्प दुलाल छन् ।

कार्यसमिति सदस्यमा देश सञ्चार डटकमका अध्यक्ष रविन दाहाल, रातोपाटी डट कमका सञ्चालक अर्जुन पन्त, शिलापत्र डट कमका सञ्चालक सुरेश सिम्खडा, हाम्रा कुरा डट कमका कार्यकारी निर्देशक माधवप्रसाद चम्लागाईं, विकास न्यूज डटकमका अध्यक्ष तथा प्रधानसम्पादक रामकृष्ण पौडेल, क्यापिटल नेपाल डट कमका सञ्चालक अनिता राजभण्डारी, नेपाल लाइभ डट कमका अध्यक्ष अनिल न्यौपाने छन् ।

संस्थाको पहिलो कार्यसमिति बैठकले हिमाल खबर डटकमका अध्यक्ष कुन्द दीक्षित तथा रातोपाटी डटकमका संस्थापक ओम शर्मालाई सल्लाहकारमा चयन गरेको छ । संस्थाको साधारण सदस्यमा नेपाल खबर डटकमका सञ्चालक तथा प्रधानसम्पादक पूर्ण बस्नेत छन् ।

डिजिटल मिडिया सोसाइटीमा आबद्ध संस्थाले पत्रकारिताको व्यावसायिकता तथा इमानलाई सम्बद्र्धन गर्ने विषयमा दृढता व्यक्त गर्दै आफ्नै आचारसंहितासमेत जारी गरेर सोअनुरूप मिडियालाई जिम्मेवार र अनुशासित बनाउने प्रण गरेको सोसाइटीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

वि.सं.२०८० कात्तिक १ बुधवार ०७:१९ मा प्रकाशित

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ । काठमाडौँ उपत्यकामा सञ्चालन हुने सार्वजनिक सेवाका सवारीसाधनलाई थप...

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरु...

कोशी प्रदेशलाई आईटी हब बनाउन ’काठमाडौँ–विराटनगर डिजिटल कोरिडोर’ को मार्गचित्र सार्वजनिक

कोशी प्रदेशलाई आईटी हब बनाउन ’काठमाडौँ–विराटनगर डिजिटल कोरिडोर’ को मार्गचित्र सार्वजनिक

विराटनगर । नेपालको प्रविधि क्षेत्रलाई विकेन्द्रित गर्ने लक्ष्यका साथ एक...

मोबाइल उद्योगको विकासमा क्यान र एनएमडिएबीच सहकार्य, ‘ग्रे मार्केट’ नियन्त्रणमा संयुक्त पहल

मोबाइल उद्योगको विकासमा क्यान र एनएमडिएबीच सहकार्य, ‘ग्रे मार्केट’ नियन्त्रणमा संयुक्त पहल

काठमाडौँ । नेपालको सूचना प्रविधि तथा मोबाइल व्यवसाय क्षेत्रका दुई...

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

काठमाडौं । नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रका नवप्रवर्तनकारी उत्पादन तथा...