back
CTIZAN AD

एनआरएनए महिला संयोजककी उम्मेदवार अनुजा भन्छिन् – यसकारण मलाई मत दिनुहोस्

वि.सं.२०८० कात्तिक १ बुधवार

1.3K 

shares

काठमाडौं । गैरआवासीय नेपाली संघको  अन्तराष्ट्रिय महिला संयोजक पदमा बेल्जियममा रहेकी अनुजा प्रधानले उम्मेदवारी मनोनयन दर्ता गरेकी छन् ।

संघको ११ औ महाधिवेशन र विश्व सम्मेलनमा आगामी २०२३–२०२५ का लागि केन्द्रीय महिला संयोजकमा उम्मेदवारी दिएकी प्रधानले आफुलाई मत दिएर जिताउनु पर्ने विभिन्न कारण उल्लेख गरेकी छन् ।

एनआरएनएमा महिलाको सहभागिता बढाई नेपालमा लगानी गर्न विश्वभरी रहेका नेपाली महिला दिदीबहिनीहरुलाई मात्र नभएर अन्य विदेशी व्यवसायी महिलाहरुलाई नेपालमा लगानी गर्न प्रोत्साहन गर्ने बताउँदै आएकी प्रधानले आफुलाई मत दिएर जिताउन सबैमाझ अनुरोध गरेकी छन् ।

प्रधानले संघको हरेक तहमा प्रवासी नेपाली महिलाको सहभागिता र पहुँच बढाउन, विश्वभरीका एनसीसीहरुमार्फत् महिला अधिकार तथा मानव अधिकारका विषयमा महादेश स्तरीय सम्मेलन गर्ने समेत आफ्ना प्रतिवद्धतामा उल्लेख गरेकी छन् ।

 


मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलद्वारा औपचारिक रुपमा उद्घाटन गरेर सुरु भएको एनआरएनए महाधिवेशन तथा सम्मेलन बिहीबारसम्म चल्नेछ । सम्मेलनको समापन कात्तिक ३ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट हुनेछ भने आज अक्टोबर १८ सम्म विश्व ज्ञान सम्मेलन, युवा सम्मेलन र महिला सम्मेलन, वैदेशिक रोजगार तथा सामाजिक सुरक्षाकोष र नागरिता ऐन र मताधिकार सम्बन्धमा नेपाल सरकार र सरोकारवालासहितको विशेष सत्रको आयोजना गरिएको छ ।
त्यस्तै भोली अक्टोबर १९ तारिख संघको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने तालिका रहेको छ भने संघको ११ औँ अन्तर्राष्ट्रिय महाधिवेशन २० तारिख साँझ ५ बजे सम्मेलनको समापनहुनेछ ।

 

वि.सं.२०८० कात्तिक १ बुधवार ०७:४३ मा प्रकाशित

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

पाल्हीनन्दन (नवलपरासी पश्चिम) । बर्दघाट सुस्तापश्चिम नवलपरासी क्षेत्रमा दुई हप्तादेखि...

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी...

यातायात व्यवसायी भारत भ्रमणमा

यातायात व्यवसायी भारत भ्रमणमा

काठमाडौँ । आधुनिक सार्वजनिक यातायात प्रणालीको विकास गर्ने उद्देश्यले यहाँका...

जङ्गली जनावरबाट पिडितलाइ राहत

जङ्गली जनावरबाट पिडितलाइ राहत

इनरुवा (सुनसरी) । जङ्गली जनावरबाट पीडित यहाँस्थित नागरिकलाई रु २३...