back
CTIZAN AD

लोप हुने खतरामा छन्त्याल भाषा

वि.सं.२०७४ वैशाख १४ बिहीवार

798 

shares

१४ वैशाख, बेनी (म्याग्दी) । अत्यन्त न्यून सङ्ख्यामा रहेका र म्याग्दी जिल्लामा मुख्य बसोबास गरेका छन्त्याल जातिले आफ्नो छन्त्याल भाषा भुल्दै जान थालेका छन् ।

छन्त्याल जातिको मुख्य बसोबास रहेको म्याग्दी जिल्लामा कतिपय छन्त्याल जातिका मानिसले आफ्नो मातृभाषा भुलिसकेको बताएका छन् । नेपालमा रहेका थुप्रै जातजातिले भाषा संस्कृति जगेर्नामा लागिरहँदा जिल्लाको अधिकांश गाविसमा बसोबास गर्ने छन्त्याल जातिले भाषा बिस्तारै भुल्न थालेका छन् ।

म्याग्दीको सदरमुकाम तथा विकट ग्रामीण बस्तीमा बसोबास गर्ने छन्त्यालले घरपरिवारमा आफ्नो भाषा प्रयोग नगरेका कारण भाषा भुल्दै गएका र बालबालिकाले समेत भाषा नजानेको बेनी सामुदायिक माविका शिक्षक हरि छन्त्यालले बताउनुभयो । भाषा प्रयोगमा पछिल्लो पुस्ताले हीनताबोध गर्नुले भाषा लोप भएको छन्त्यालको भनाइ थियो ।

छन्त्याल जातिले बोल्ने भाषामा कमी आउनुको मुख्य कारण समुदायमा जातजातिको मिश्रित बसोबास, विद्यालयमा अङ्ग्रेजी र नेपाली भाषामा मात्र पठनपाठन हुने भएकाले भाषा लोप भएको नेपाल छन्त्याल सङ्घ म्याग्दीका पूर्वअध्यक्ष मुकुन छन्त्यालले बताउनुभयो ।

छन्त्याल भन्नुहुन्छ, “घरपरिवारमा मातृभाषा नबोल्नु, साथीभाइसँगको भेटघाटमा नेपाली भाषा प्रयोग गर्नुले छन्त्यालले भाषा भुल्दै गएको हो ।” यसरी भाषा प्रयोगमा कमी आउँदै जाने र भाषा बिर्सिंदै जाने हो भने पहिचान दिन गाह्रो हुने अघिल्ला पुस्ताका छन्त्यालको ठम्याइ छ । बहुभाषिक र बहुसांस्कृतिक पहिचान बोकेको मुलुकमा भाषा संरक्षणमा ध्यान दिनुपर्ने उनीहरुको भनाइ छ ।

वि.सं.२०७४ वैशाख १४ बिहीवार ०४:०५ मा प्रकाशित

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धारको...

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

काठमाडौँ । रसुवाको स्याफ्रुबेँसीमा निर्माणाधीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत्...

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

काठमाडौँ । प्राकृतिक विपद्को घडीमा राजनीतिक मतभेदभन्दा नागरिकको जीवनरक्षा पहिलो...

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावितहरूको खोजी तथा उद्धारको कार्यलाई...

रसुवा बाढीमा ३८४ जना पर्यटक सम्पर्कविहिन

रसुवा बाढीमा ३८४ जना पर्यटक सम्पर्कविहिन

काठमाडौँ । रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३८४ पर्यटक सम्पर्कविहीन...