back
CTIZAN AD

मोटरसाइकल दुर्घटनामा सन्तोष बेघाको मृत्यु

वि.सं.२०७४ वैशाख १४ बिहीवार

840 

shares

१४ वैशाख,पाँचथर  । पाँचथरको याङबरक गाउँपालिका–१ स्थित च्याङथापुबजारमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।

मृत्यु हुनेमा याङबरक गाउँपालिका–२ बस्ने मचिन्द्र बेघाका छोरा सन्तोष बेघा रहेका छन् । यस्तै, सोही ठाउँ बस्ने मिलन चुहान घाइते भएका छन् । घाइतेको स्थानीय स्वास्थ्य चौकी च्याङथापुमा उपचार भइरहेको स्थानीयवासी मङ्गल बेघाले जानकारी दिनुभयो ।

फलैँचाबाट च्याङथापु आउने क्रममा मे ८ प ९२३६ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक नकुल पोखरेलले जानकारी दिनुभयो ।

वि.सं.२०७४ वैशाख १४ बिहीवार ०४:०७ मा प्रकाशित

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धारको...

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

काठमाडौँ । रसुवाको स्याफ्रुबेँसीमा निर्माणाधीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत्...

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

काठमाडौँ । प्राकृतिक विपद्को घडीमा राजनीतिक मतभेदभन्दा नागरिकको जीवनरक्षा पहिलो...

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावितहरूको खोजी तथा उद्धारको कार्यलाई...

रसुवा बाढीमा ३८४ जना पर्यटक सम्पर्कविहिन

रसुवा बाढीमा ३८४ जना पर्यटक सम्पर्कविहिन

काठमाडौँ । रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३८४ पर्यटक सम्पर्कविहीन...