back
CTIZAN AD

चेपाङ भन्छन् धित मारेर पानी सम्म पिउन पाइएन

वि.सं.२०७४ वैशाख १४ बिहीवार

780 

shares

१४ वैशाख, छतिवनगैरा (गोरखा) । गोरखाको गण्डकी गाउँपालिका घ्याल्चोक गाउँस्थित छतिवनगैरामा पानीको मूल सुकेपछि चेपाङ समुदायले खानेपानीको समस्या झेल्नुपरेको छ ।

दुई वर्षअघिको ‘गोरखा भूकम्प’ ले गाउँ नजिकका पानीका मुहान सुकेपछि चेपाङ समुदायले खानेपानीको समस्या खेप्दै आएका छन् ।

एउटा कुवाको पानीको भरमा छतिवनगैराका २५ घरधुरी चेपाङ छन् । गाउँदेखि आधा घन्टा टाढा चापखोलाको मुहानमा पानी भर्न सबेरै गाग्री, जर्किन, बोतल लिएर चेपाङहरु लाइन लाग्छन् । बाह्रै महिना अनिकाल लाग्ने यो गाउँमा दुई वर्षदेखि पानीको पनि हाहाकार भएको छ ।

भूकम्पपछि पानीका मुहान सुक्दा धित मारेर पानी पिउन नपाएको गुनासो छतिवनगैराका बुद्धिमान चेपाङको छ । “गाउँलेहरु पानी लिन बिहान ४ बजे चापखोला पुग्छन्”, चेपाङले भन्नुभयो ।

त्रिशूली नदीको पानी जेनेरेटर लगाएर तान्न सकेमा गाउँमा पानीको हाहाकार टार्न सकिने र तरकारी बाली सिँचाइ गर्न सकिने उहाँले बताउनुभयो । छतिवनगैराका केही गाउँलेले तरकारीखेती गरी मनग्य आम्दानी पनि लिएका छन् । तर, पानीको समस्याले दुई वर्षदेखि तरकारी फलाउन सकिएको छैन ।

छतिवनगैराका मिलन चेपाङका अनुसार सप्रोप नामक संस्थाले खानेपानीको व्यवस्था गर्दै धारा बनाइदिए पनि चुन मिसिएको लेदोसहितको पानीले पाइप टालियो । गाउँमा खानेपानीको समस्या भएको थाहा पाएपछि युनिसेफ नामक संस्थाले खानेपानी योजना निर्माणमा सघाउने भयो ।

युनिसेफको सहयोगमा नयाँ मुहान खोजेर गाउँमा धारासहित पानी ल्याएको केही समयमा नै मुहानमा पानी सुकेपछि गाउँले पुनः खानेपानीको समस्याबाट गुज्रिएका हुन् । स्थानीय शिक्षकसमेत रहेका अनुप चेपाङका अनुसार खानेपानीका योजना बनाइदिने भन्दै इको नेपाल र पद्धति विकास सेवा केन्द्र नामक संस्थाहरु गाउँ पुगे पनि योजनाको काम सुरु गरेका छैनन् । योजना सम्झौता भएको चार महिना बिते पनि काम हुन सकेको छैन ।

पानी लिन खोला पुगेका बालबालिका समयमै घर नफर्कंदा विद्यालय जानबाटै वञ्चित हुनुपरेको छतिवनगैराका कमल चेपाङले गुनासो गर्नुभयो । सरकारले जनता आवास कार्यक्रममार्फत चेपाङ समुदायलाई घर बनाउँदै आए पनि पानीको समस्या हुँदा नयाँ घर निर्माण गर्न समस्या छ ।

वि.सं.२०७४ वैशाख १४ बिहीवार ०५:५८ मा प्रकाशित

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धारको...

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

काठमाडौँ । रसुवाको स्याफ्रुबेँसीमा निर्माणाधीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत्...

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

काठमाडौँ । प्राकृतिक विपद्को घडीमा राजनीतिक मतभेदभन्दा नागरिकको जीवनरक्षा पहिलो...

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावितहरूको खोजी तथा उद्धारको कार्यलाई...

रसुवा बाढीमा ३८४ जना पर्यटक सम्पर्कविहिन

रसुवा बाढीमा ३८४ जना पर्यटक सम्पर्कविहिन

काठमाडौँ । रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३८४ पर्यटक सम्पर्कविहीन...