back
CTIZAN AD

मुगु विभत्स हत्याकाण्ड: सघन अनुसन्धान भइरहेको प्रहरीको भनाई

वि.सं.२०८० कात्तिक १३ सोमवार

1K 

shares

कर्णाली । छायाँनाथ रारा नगरपालिका–६ मन्दु गाउँमा वंश नाश हुने गरी एकाघरका चारजनाको बिभत्स हत्या भएको घटनाको सघन अनुसन्धान भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार घटना गत बुधबार राति भएको अनुमान गरिएको छ । घटना कात्तिक ८ गतेको भएपनि प्रहरीले त्यसको दुई दिनपछि शुक्रबार बिहान ९ बजे स्थानीयवासीको सूचनापश्चात् २८ वर्षीय आमा श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज, आठ वर्षीय छोरी अप्सरा र आठ महिनाका छोरा रहर बोहोरालाई घरभित्रै मृतावस्थामा फेला पारेको थियो ।

वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका मृतक श्रीदेवीका श्रीमान् दीपक बोहोर शनिबार घर पुगेपछि सोही दिन प्रहरीले चारै जनाको शवपरीक्षणका लागि जिल्ला अस्पताल मुगुमा पु¥यायो । शवपरीक्षणका लागि जिल्ला अस्पताल ल्याइएका मृतक श्रीमती र छोराछोरीको हत्यारा पत्ता नलागेसम्म दीपकले शव नबुझ्ने अड्को थापेपछि आजका दिनसम्म उनीहरुको शवपरीक्षण हुन सकेको छैन ।

घटनालगत्तै जिल्ला प्रहरी कार्यालय मुगुबाट प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापासहितको विशेष अनुसन्धान टोली घटनास्थलमा खटिएर हत्याको सूक्ष्म अनुसन्धान गरिरहेको छ । सो घटना मृत्यु नभई सामूहिक हत्या भएको आशङ्का गरी चार दिनदेखि कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको विशेष अनुसन्धान ब्यूरो टोलीले तालिम प्राप्त कुकुरसहित खोज अनुसन्धानलाई तीव्र बनाएको छ । जुम्लाबाट पनि हत्या घटनाको अनुसन्धान कार्यलाई सघाउन प्रहरीको विशेष अनुसन्धान टोली मुगु गएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकाल घटनास्थलमै रहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए । उनल भने, “अनुसन्धानलाई सघन बनाएर लगिएको छ । सम्भव भएसम्मका सबै उपाय अवलम्बन गरिएको छ । हत्यामा संलग्न दोषी पत्ता लगाउने तहसम्म जतिसक्दो चाँडो पुग्ने आशामा छौँ ।”

घटना भएको सिङ्गो गाउँलाई उच्च निगरानीमा राखेर अनुसन्धान गरिएता पनि हालसम्म खास तथ्य भने प्रहरीले भेटाउन नसकेको बताइएको छ । प्रवक्ता भट्टराईका अनुसार प्रदेश प्रहरीले प्रदेशभरिकै घटना गतिविधिहरुमा यसलाई प्राथमिकता राखेर प्रदेश प्रहरी प्रमुख घटनास्थलमा पुगेका हुन् । अनुसन्धानका क्रममा एक व्यक्तिलाई घटनामा संलग्न भएको आशङ्कामा समातेर सोधपुछ गरिएको छ । अनुसन्धानमा प्रयोग गरिएको कुकुरले समेत घटनासँग सम्बन्धित कुनै सुराक फेला पार्न सकेको छैन ।

घटनाको प्रकृति हेर्दा श्रीदेवीले लगाएका गहना र उनले प्रयोग गर्दै आएको मोबाइल फोन नभेटिनुले लुटपाट गर्ने मनसायले हत्या भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ । ढोकामा नयाँ ताल्चा लगाइएको तर घटनापश्चात् कतारमा रहेका मृतक श्रीदेवीका श्रीमान् दीपकलाई उनकी श्रीमतीले प्रयोग गर्दै आएको मोबाइलको म्यासेन्जरबाट छोराछोरीको शवसहितको फोटो पठाएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाउँदछ ।

प्रहरीले हालसम्म पनि घटनामा संलग्न व्यक्तिको ठोस प्रमाण फेला पारिनसकेको बताएको छ । घटना अनुसन्धान कार्य जारी रहेकाले दोषी कुनै पनि हालतमा पत्ता लगाइने कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले दाबी गरेको छ । प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले विविध कारणले शवपरीक्षणमा ढिलाइ भए पनि अब यो कार्य नरोकिने र अनुसन्धानलाई सूक्ष्म ढङ्गले अगाडि बढाइने जानकारी गराए ।रासस

 

वि.सं.२०८० कात्तिक १३ सोमवार १९:२८ मा प्रकाशित

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण...

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै...

रौतहटका १८ स्थानीय तहमध्ये १५ वटा पालिकाले ल्याए बजेट

रौतहटका १८ स्थानीय तहमध्ये १५ वटा पालिकाले ल्याए बजेट

चन्द्रपुर (रौतहट) । रौतहट जिल्लाका १८ स्थानीय तहमध्ये १५ वटाले...