back
CTIZAN AD

भूकम्प अपडेट : भूकम्पमा परी मृत्यु हुनेको संख्या १२८

वि.सं.२०८० कात्तिक १८ शनिवार

1.3K 

shares

काठमाडौँ । शुक्रबार राति जाजरकोटको बारेकोट केन्द्रविन्द्र भएर गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १२८ पुगेकोे छ । जाजरकोटमा मात्र ९२ जनाको मृत्युको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डीएसपी सन्तोश रोकाका अनुसार जाजरकोटमा मात्रै अहिलेसम्म ९२ जनाको ज्यान गएको पुष्टि भएको हो। १२८ जनाको मृत्यु भएको पुष्टि प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले पनि गरेका छन् ।

ज्यान गुमाउनेहरूमा भेरी नगरपालिकाका, नलगाड नगरपालिकाका, कुशे गउँपालिका र छेडागाड नगरपालिका रहेका छन् । जाजरकोटका प्रहरी नायव उपरीक्षक सन्तोष रोकाका अनुसार भूकम्पमा परी नलगाड नगरपालिकाको उपप्रमुख सरिता सिंहको पनि मृत्यु भएको छ । अहिलेसम्म भूकम्पमा परी कम्तीमा ५५ जना घाइते भएको विवरण प्राप्त भएको डीएसपी रोकाले जानकारी दिए । भूकम्पका कारण यहाँ विद्युत सेवा मेत अवरुद्ध भएको छ ।

त्यस्तै छिमेकी जिल्ला रुकुम पश्चिममा मृत्यु हुनेको संख्या ३६ पुगेको छ भने ८५ जना घाइते भएका छन् । जिल्ला प्रहरी प्रमुख डीएसपी नमराज भट्टराईका अनुसार रुकुम पश्चिममा अहिलेसम्म ३६ जनाको मृत्यु भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित क्षेत्र जाजरकोटतर्फ प्रस्थान गरेका छन् । नेपाली सेनाको १६ जनाको मेडिकल टिमसहित प्रधानमन्त्री प्रचण्ड जाजरकोट प्रस्थान गरेका हुन् । तीनवटै सुरक्षा निकायको सक्रियतामा घाइतेहरूको उद्धारलगायतका काम भइरहेको छ ।

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११:४७, १२:०८, १२:२९, १२:३५ गरी ४ पटकको क्रमशस् ६.४, ४.८, ४.२, ४.३ म्याग्निच्युडको भुकम्प गएको थियो ।

वि.सं.२०८० कात्तिक १८ शनिवार ०८:११ मा प्रकाशित

नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकारको दृढता

नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकारको दृढता

काठमाडौँ । पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले नेपाललाई...

स्कारपियो दुर्घटनाकी घाइते लक्ष्मी बडुको मृत्यु, ५ घाइतेको उपचार हुँदै

स्कारपियो दुर्घटनाकी घाइते लक्ष्मी बडुको मृत्यु, ५ घाइतेको उपचार हुँदै

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा उच्च अदालत जनकपुर, अस्थायी...

पेसा फेरियो, दलन फेरिएन

पेसा फेरियो, दलन फेरिएन

काठमाडौँ । नेपालमा समाजिक विभेदको इतिहास विडम्बनापूर्ण छ । जुन...

टिपरको ढालाबाट खसेर एक युवकको मृत्यु

टिपरको ढालाबाट खसेर एक युवकको मृत्यु

मुस्ताङ । जिल्ला मुस्ताङ घरपझोङ गाउँपालिका- ४ पुच्छर ढोङमा टिपरबाट...

प्रतिनिधिसभाः मौलिक हक कार्यान्वयन र औद्योगिक वातावरण निर्माणमा सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभाः मौलिक हक कार्यान्वयन र औद्योगिक वातावरण निर्माणमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाका सदस्यहरूले शिक्षासम्बन्धी मौलिक हकको कार्यान्वयन, औद्योगिक वातावरण...

आलेख-बर्खामा हिलो, हिउँदमा धुलोः दमक-चिसोपानी सडक

आलेख-बर्खामा हिलो, हिउँदमा धुलोः दमक-चिसोपानी सडक

इलाम । झापाको दमकदेखि इलामको माङसेबुङ गाउँपालिका हुँदै पाँचथरको चिसोपानी...