१८ कात्तिक, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित क्षेत्र जाजरकोट प्रस्थान गरेका छन् ।
नेपाली सेनाको १६ जनाको मेडिकल टिमसहित प्रधानमन्त्री प्रचण्ड जाजरकोट प्रस्थान गरेका हुन् । उनीसंगै मन्त्री शक्तिबहादुर बस्नेत र नेता जनार्दन शर्मा पनि त्यसतर्फ गएका छन् ।

जाजरकोटको बारेकोट केन्द्रविन्द्र भएर राति पौने १२ बजे गएको भूकम्पलेे जाजरकोटको नलगाड नगरपालिका र रुकुमपश्चिमको आठविसकोट नगरपालिकामा बढी क्षति भएको प्रारम्भिक रिपोर्ट आएको छ ।
भूकम्पमा परी दुई जिल्लामा ६० जना बढीको मृत्यु भइसकेको छ । जाजरकोटमा ३६ र रुकुममा २६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
वि.सं.२०८० कात्तिक १८ शनिवार ०७:४० मा प्रकाशित






























