back
CTIZAN AD

बाँके र बर्दियाबाट भूकम्पपीडितलाई १० लाखको राहत सामग्री प्रदान

वि.सं.२०८० कात्तिक २१ मंगलवार

999 

shares

राँझा(बाँके) । जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई नेकपा (एमाले) बाँके र बर्दियाको तर्फबाट करिब रु १० लाख बराबरको राहत सामग्री प्रदान गरिएको छ । भूकम्पपीडितलाई तत्काल आवश्यक पर्ने खाद्यान्न, लत्ताकपडा र कम्बलको व्यवस्था गरी प्रभावित क्षेत्रमा पुगेर जिल्ला प्रशासन कार्यालयमार्फत प्रदान गरिएको एमाले बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए।

उनका अनुसार एमाले बाँकेको तर्फबाट जाजरकोटका भूकम्पपीडितका लागि ९८ बोरा चामल, तीन सय ५० थान कम्बल, लत्ताकपडा, चिउरा, भुजा र चाउचाउ गरी रु पाँच लाख ७५ हजार बढीको राहत सामग्री प्रदान गरिएको छ ।

एमाले बर्दियाको तर्फबाट रुकुम पश्चिमका भूकम्पपीडितलाई रु चार लाख ७५ हजार बराबरको एक सय क्विन्टल चामल प्रदान गरिएको छ ।

भूकम्प प्रभावित क्षेत्रमा पुगेकी एमाले केन्द्रीय सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले तत्काललाई राहतस्वरुप खाद्य सामग्री र लत्ताकपडा तथा कम्बल उपलब्ध गराइएको बताइन् । अर्यालको नेतृत्वमा बर्दियामा रहेका केन्द्रीय सदस्य, सांसद र पार्टी नेता राहत लिएर सोमबार जाजरकोट पुगेका हुन् ।
रासस

वि.सं.२०८० कात्तिक २१ मंगलवार १२:५१ मा प्रकाशित

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

गोदावरी (कैलाली) । गौरीगङ्गा नगरपालिका–१ की ३५ वर्षीया पूजा रावलले...

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्रनगर । यहाँस्थित स्वीकृति विना अस्थायी/स्थायी घरटहरा निर्माण गर्नेलाई सार्वजनिक...