काठमाडौं । काठमाडौं महानगरपालिकाले माइक्रो बायोलोजिस्ट, फुड टेक्नोलोजिष्ट र मेडिकल अधिकृत पदमा दरखास्त आव्हान गरेको छ ।
महानगरपालिकामा कायम रहेको अस्थायी दरबन्दीमा करारमा फुड टेक्नोलोजिष्ट÷माइक्रो बायोलोजिष्ट मेडिकल अधिकृतको माग गरेको हो ।
महानगरले फुड टेक्नोलोजीमा ३, माइक्रो बायोलोजिष्टमा २ र मेडिकल अधिकृत पदमा २७ जना गरी ३२ कर्मचारीको माग गरेको सूचनामा उल्लेखछ ।

वि.सं.२०८० कात्तिक २४ शुक्रवार १२:०८ मा प्रकाशित





























