back

पर्यटकीय गन्तव्य ठमेलमा सिसि क्यामरा जडान सुरु

वि.सं.२०८० कात्तिक २५ शनिवार

444 

shares

काठमाडौँ । सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा सिसि क्यामरा जडान सुरु गरिएको छ ।

ठमेल पर्यटन विकास परिषद्को पहल तथा काठमाडौँ महानगरपालिका र काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीको सहयोगमा सिसी क्यामरा जडान सुरु गरिएको हो ।

परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेल क्षेत्रको शान्ति सुरक्षा बलियो बनाई यस क्षेत्रलाई सफा, सुन्दर, सुरक्षित र व्यवस्थित बनाउनका लागि सिसि क्यामरा जडान सुरु गरिएको बताए ।

उनका अनुसार ठमेलभित्रको लैनचौर मार्ग, क्षेत्रपाटी मार्ग, नर्सिङ चोक मार्ग, भगवतीबहाल मार्ग, चाक्सीबारी मार्ग, सातघुम्ती मार्ग, जेपी लाइन मार्ग र पर्यटन मार्गभित्र ११२ वटा सिसी क्यामरा जडान हुनेछन् ।

यसअघि काठमाडौँ महानगर प्रहरी, काठमाडौँ उपत्यका प्रहरी कार्यालय र ठमेल पर्यटन विकास परिषद्का प्रतिनिधिले ठमेल क्षेत्रभित्र आवश्यक पर्ने सिसी क्यामराको अध्ययन गरेको थियो ।

ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष सहदेव (विमल) धमलाले ठमेल क्षेत्रमा हुने आपराधिक क्रियाकलापलाई नियन्त्रणका लागि परिषद्को अगुवाइमा सिसी क्यामरा जडानलाई अगाडि बढाइएको बताए ।

विसं २०४७ मा ठमेल क्षेत्रको विकासका लागि स्थापना भएको परिषद्मा ठमेलभित्रका दुई हजारभन्दा बढी घरधनी तथा व्यवसायी आबद्ध छन् । उक्त परिषद्ले ठमेल क्षेत्रको विकासका क्षेत्रमा काम गर्दैै आइरहेको छ ।
रासस /फाइल फोटो

वि.सं.२०८० कात्तिक २५ शनिवार १०:५६ मा प्रकाशित

लोपहुँदै गएको माझी समुदायको मौलिक संस्कृति बाजा

लोपहुँदै गएको माझी समुदायको मौलिक संस्कृति बाजा

मन्थली (रामेछाप) । रामेछापमा बसोबास गर्ने माझी समुदायको मौलिक संस्कृतिसँग...

मुलुकमा अस्थिरता निम्त्याउने चलखेल भइरहेको छ : महासचिव गुरुङ

मुलुकमा अस्थिरता निम्त्याउने चलखेल भइरहेको छ : महासचिव गुरुङ

दोधारा चाँदनी । नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले पछिल्लो...

जापानका प्रधानमन्त्री किशिदाले सत्तारुढ दलको नेताबाट राजीनामा दिने

जापानका प्रधानमन्त्री किशिदाले सत्तारुढ दलको नेताबाट राजीनामा दिने

  टोकियो । जापानका प्रधानमन्त्री फुमियो किशिदाले सत्तारुढ लिबरल डेमोक्र्याटिक...

जलवायु चुनौतीको सामना गर्न प्रकृतिमा आधारित समाधानका उपाय अवलम्बनमा मन्त्री डा महतोको जोड

जलवायु चुनौतीको सामना गर्न प्रकृतिमा आधारित समाधानका उपाय अवलम्बनमा मन्त्री डा महतोको जोड

युएई (दुबई) । वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतोले जलवायुको...

आजको मौसम : पश्चिमी वायुको प्रभाव, कोशी प्रदेशमा वर्षको सम्भावना

आजको मौसम : पश्चिमी वायुको प्रभाव, कोशी प्रदेशमा वर्षको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित...

इलाममा जग्गा माग गर्दै १६ हजार निवेदन

इलाममा जग्गा माग गर्दै १६ हजार निवेदन

फिक्कल । राष्ट्रियभूमि आयोग इलाम शाखाकार्यालयमा १६ हजार छ सय...