back
CTIZAN AD

भारतमा सुरुङ भत्किएको स्थानमा तेस्रो दिन पनि उद्धार कार्य जारी

वि.सं.२०८० कात्तिक २८ मंगलवार

1.3K 

shares
देहरादुन (भारत) । उत्तरी भारतमा एक सयभन्दा बढी उद्धारकर्मीहरूले मङ्गलबार तेस्रो दिन पनि निर्माणाधीन सडक सुरुङ भत्किएपछि सुरुङभित्र फसेका मजदुरहरूलाई बचाउन सङ्घर्ष गरिरहेका छन् ।
हिमाली राज्य उत्तराखण्डमा एक्स्काभेटरहरूले आइतबार बिहानैदेखि सुरुङभित्र फसेका ४० जना जीवित मजदुरहरूका लागि बाहिर निस्कने अर्को सुरुङ निर्माणका लागि भग्नावशेषहरू पन्छाइरहेका छन् ।
“हाम्रो सबैभन्दा ठूलो सफलता भनेको हामीले मजदुरहरूसँग सम्पर्क स्थापित गरेका छौँ र अक्सिजन र खानाको आपूर्ति सम्भव भएको छ”, उत्तरकाशी जिल्लाका शीर्ष सरकारी अधिकारी अभिषेक रुहेलाले भने, “उनीहरू बाँच्नका लागि जे आवश्यक पर्छ त्यो गरिँदैछ ।” सुरुङमा अक्सिजन पुर्याउने काम भइरहेको र मजदुरहरूलाई सुक्खा फलफूलजस्ता साना सामग्री उपलब्ध गराइरहेको उनले बता्रए ।
सुरुङ भत्कलगत्तै सरकारी उद्धार टोलीहरूले जारी गरेको तस्बिरहरूमा फराकिलो सुरुङमा फोहरका थुप्रोहरूले अवरुद्ध बनाएको देखाइएको छ । सुरुङको छतबाट भाँच्चिएका धातुका बारहरू र कङ्क्रिटका स्ल्याबहरू अगाडि पसेका छन् । टोलीले फसेका मजदुरलाई बाहिर निकाल्ने मार्ग चौडा बनाउन ९० सेन्टिमिटर (करिब तीन फिट) चौडाइ भएको स्टिल पाइप चलाउन ठूलो मेसिनको प्रयोग गरिरहेको सरकरी राजमार्ग तथा पूर्वाधार कम्पनीले बताएको छ ।
उत्तरकाशी र यमुनोत्री दुई पवित्र हिन्दू मन्दिरलाई जोड्नका लागि सिल्क्यारा र डन्डालगाउँ सहरबीचको चार दशमलव पाँच किलोमिटर सुरु निर्माण भइरहेको थियो । यो सुरुङ प्रधानमन्त्री नरेन्द्र मोदीको सडक परियोजनाको एक हिस्सा हो । उक्त परियोजनाको उद्देश्य केही प्रख्यात हिन्दू तीर्थस्थलहरू र चीनसँग सीमा जोडिएका क्षेत्रहरूबीचको यात्रा अवस्थामा सुधार गर्नु रहेको छ ।
भारतमा ठूला पूर्वाधार आयोजनामा दुर्घटना हुनुलाई सामान्य मानिन्छ । गत जनवरीमा पारिस्थतिकीयरूपमा कमजोर उत्तराखण्डमा अचानक आएको बाढीमा कम्तीमा दुई सय जनाको मृत्यु भएको थियो । सो बेला विज्ञहरूले आंशिकरूपमा अत्यधिक विकासका कारण यस्तो विपत्ति आएको बताएका थिए ।
एएफपी

वि.सं.२०८० कात्तिक २८ मंगलवार १३:५१ मा प्रकाशित

नेपालको तेस्रो जलविद्युत् केन्द्रको पुनः निर्माण धमाधम

नेपालको तेस्रो जलविद्युत् केन्द्रको पुनः निर्माण धमाधम

काभ्रेपलाञ्चोक । बाढीपहिरोले क्षतिग्रस्त पनौती जलविद्युत् केन्द्र सञ्चालन गर्न अझै...

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

काठमाडाैँ । नेपालमा व्यावसायिक रेस्लिङको इतिहासमा नयाँ अध्याय थप्ने लक्ष्यसहित...

नेपालको यात्रा क्षेत्रमा नयाँ अध्याय, गुरूबसको सेवा सुरु

नेपालको यात्रा क्षेत्रमा नयाँ अध्याय, गुरूबसको सेवा सुरु

काठमाडौं । नेपालको यात्रा क्षेत्रमा नयाँ अवधारणाको रूपमा आफूलाई प्रस्तुत...

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

काठमाडौं । नेपाल र बंगलादेशबीच हुने ५ खेलको शृंखलाको तयारीका...

जग्गाको विषयमा विवाद हुँदा रौतहटमा एक जनाको हत्या

जग्गाको विषयमा विवाद हुँदा रौतहटमा एक जनाको हत्या

काठमाडौं । रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा चक्कु प्रहारबाट एक जनाको...

रहिनन् जसमति

रहिनन् जसमति

नेपाली कांग्रेसकी नेतृ जसमति गुुरुङको निधन भएको छ । केहि...