back
CTIZAN AD

वडालाई आर्थिक रुपमा समृद्ध बनाउन सिङ्गो गाउँ नै लसुन खेतीमा आवद्ध

वि.सं.२०८० कात्तिक २८ मंगलवार

1K 

shares

बलबहादुर ओली, त्रिवेणी (रुकुम पश्चिम) । वडालाई आर्थिक रुपमा समृद्ध बनाउन रुकुम पश्चिमको मुसीकोट नगरपालिका–१० को सिङगो गाउँ नै लसुन खेतीमा लागिपरेको छ । २०७५ सालअघि वडाको झ्याङ टोलमा थोरै मात्रामा किसानले लसुन खेती गर्ने गरेका थिए तर त्यसपछि व्यावसायिक रुपमा झ्याङका १२ किसानले एकैपटक लसुन खेती गर्न थालेपछि भने हाल वडाको सिङगो गाउँ नै व्यावसायिक लसुन खेतीमा आकर्षित भएको छ ।
वडाका किसानलाई व्यावसायिक लसुन खेतीमा आर्कषण तथा आर्थिक रुपमा समृद्ध बनाउन वडाले २०७५ सालमा पहिलोपटक अनुदानमा ४१ क्विन्टल लसुन वितरण गरेको थियो । त्यसयता वडामा व्यावसायिक रुपमा किसालने लसुन खेती गर्न थालेको वडाध्यक्ष धनबहादुर खड्काले बताए ।

उनी भन्छन्, ‘‘२०७५ सालसम्म किसानलाई आफूले उत्पादन गरेका लसुनलगायत तरकारी र अन्य कृषि उपज डोकोमा बोकेर करिब पाँच घण्टा हिडेर सदरमुकाम मुसीकोट खलङ्गासम्म लगेर बेच्नु पर्ने बाध्यता थियो, २०७६ सालदेखि गाउँ सडक सञ्जालमा जोडिएपछि भने किसानले उत्पादन गरेको लसुनलगायत अन्य उत्पादित तरकारी गाडीमा राखेर बजारसम्म लैजान थालेका छन् ।’’ वडाले पहिलोपटक लसुनको बीउ १२ जनालाई वितरण ग¥यो । त्यसमा झ्याङका नदीराम खड्काले ३० किलो बीउ पाए र घर अगाडिको गहँु लगाउने बारीमा पूरै लसुन खेती गरे । पहिले मुस्किलले दुई हजार मूल्यबराबरको एक मुरी गहुँ उत्पादन हुन्थ्यो । उनले लसुन खेती गरेर त्यति नै जग्गामा रु ३५ हजार आम्दानी गर्न सके । लसुनबाट राम्रो कमाइ हुने देखेपछि वडाका अरु किसानलाई पनि लसुन खेती गर्ने ऊर्जा थपियो । अहिले गाउँ नै लसुन खेतीमा आकर्षण भएको छ । सवैको बारीमा कमै भएपछि लसुन खेती देख्न सकिन्छ ।

वडाले कृषि क्षेत्रलाई पहिलो प्राथमिकता राखेर किसानलाई विभिन्न अनुदान कार्यक्रममार्फत वीउ वितरण गर्दै आएको छ । वडाको खड्का टोल, कामीबुढा टोल, नमुनावस्ती टोल, गलमपाटी टोल र भेरीखोला टोल गरेर गरिब दुई सय ४७ घरधरीलाई यो वर्षको लागि ४८ क्विन्टल अर्थात ४ हजार ८ सय किलो लसुनको बीउ अनुदानमा वितरण गरेको छ । सुरुमा खड्का टोल र कामीबुढा टोलको चौरमा कमै मात्रामा लसुन खेती गरिएको थियो । त्यतिबेला प्रतिकिलो ८५ रुपैयाँमाका दरले लसुन डोकोमा बोकेर पाँच घण्टा हिडेर बेच्न जानुपर्ने बाध्यता थियो । अहिले वडाबाटै लसुन विक्री हुने हुने र राम्रो आम्दानी हुने भएकाले किसानहरु लसुन खेतीतिर आकर्षित भएका हुन् । गत वर्षमात्रै पाँच सय क्विन्टल लसुन जिल्ला बाहिर बिक्री गरेर झण्डै रु पचास लाख) रकम किसानले हात पारेका थिए ।

प्रत्येक किसानले एक पटकमा कम्तिमा पनि १३ सय क्विन्टल लसुन विक्री गर्ने गरेका छन् । उत्पादन गरेको लसुन प्रतिकिलो एक सयदेखि एक सय १० रुपैयाँमा गाउँबाटै विक्री हुँदै आएको छ । हरेक सिजनमा किसानले लसुन विक्री गरेर एक लाखदेखि डेड लाखसम्म आम्दानी गर्ने गरेका छन् । झ्याङ टोलका २२ घरधुरीको बीच गाउँको सार्वजजिक ठाउँमा लसुनको प्रतिमा समेत निर्माण गरिएको छ । सबैभन्दा पहिला लसुन उत्पादन गर्ने टोल भएकाले झ्याङमा पछिसम्म इतिहास बचाइराख्नको लागि लसुन पार्क निर्माण गरिएको वडाध्यक्ष खड्काले बताए । वडामा लसुन खेतीको उत्पादन बढ्न थालेपछि लसुन खेतीलाई सिँचाइको समस्या नहोस् भनेर वडाले सिँचाइ कुलोलाई जोड दिएको छ । वडामा जतिसुकै लसुन उत्पादन भएपनि बजारको समस्या नरहेको व्यावसायिक रुपमा लसुन खेती गर्दै आएका झुपलाल खड्का बताउँछन् । गाउँमा उत्पादन भएको लसुन खरिद गर्न गाउँमै व्यापारी पुग्ने गरेका छन् ।

उनका अनुसार उत्पादन भएको लसुन बारीबाट निकाल्नु भन्दा १÷२ महिना पहिलै बारीमा लसुन खेती हरेर पहिले नै किसानको घरघरमा व्यापारी पुगेर लसुनु पछि खदिद गर्ने गरी १० देखि २० हजारसम्म बैना समेत बुझाउने गरेका छन् । यस वडालाई लसुन पकेट क्षेत्रसमेत घोषणा गरिएको बताउँदै वडाध्यक्ष खड्का भन्छन्, ‘‘रासायनिक मल प्रयोग नगरेर अर्गानिक उत्पादन गर्ने र वडालाई अर्गानिक उत्पादनको रुपमा घोषणा गर्ने लक्ष्य लिएको छ ।’’ लसुन खेतीमा किसानलाई आकर्षण गर्न र व्यावसायिक बनाउन वडाले तालिम दिने योजना बनाएको छ । कर्णाली प्रदेश सरकारको मसलाबाली विकास ब्लक पकेट कार्यक्रमअन्तर्गत किसानलाई ५० प्रतिशत अनुदानमा ४८ क्विन्टल बीउ वितरण गरेको छ ।
रासस /फाइल फोटो

वि.सं.२०८० कात्तिक २८ मंगलवार १४:२१ मा प्रकाशित

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका तेजबहादुर चौधरीले डिउरो जातको बंगुरपालन...

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

दुर्गा देवकोटा, टीकापुर (कैलाली) । एचाइभी सङ्क्रमितलाई समाजमा अझै सम्मानजनक...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...