back
CTIZAN AD

केन्द्रिय कार्यालय भवन निर्माण गर्दै एनआईसी एशिया

वि.सं.२०८० मंसिर ७ बिहीवार

1.4K 

shares

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नै केन्द्रिय कार्यालय भवन निर्माण गर्ने भएको छ । हाल भाडामा केन्द्रिय कार्यालय राखेर सञ्चालन हुँदै आएकोमा बैंकले कमलादीमा आफ्नै भवन निर्माण गर्ने भएको हो ।

मुख्य कार्यालय भवन निर्माणका लागि प्रक्रिया अघि बढाएको छ । बैंकले काठमाडौं महानगरपालिका २८ कमलादीस्थित १ हजार १७.४८ वर्गमिटर भएको जग्गामा आफ्नो भवन निर्माण गर्ने बैंकले जनाएको छ ।

बैंकले उक्त भवन निर्माण कार्यको लागि वातावरणीय अध्ययन प्रतिवेदन तयारी गर्न बोलपत्र आह्वान गरेको छ । बैंकको उक्त भवन निर्माण गर्न परियोजना व्यवस्थापन परामर्शदाता (पीएमसी)को जिम्मेवारी इन्भाइरोन्मेन्टल सर्भिसेज नेपाल प्रा.लि.ले पाएको छ ।

‘बैंकको भवन निर्माण तथा सञ्चालनका लागि प्रस्ताव गरिएको छ, आयोजनाको कुल जग्गा १०१७.४८ वर्ग मिटर र सो जग्गा प्रस्तावक स्वयंको नाममा दर्ता छ, प्रस्तावित भवनको बिल्ट अप एरिया ४०४९.८ वर्ग मिटर र उचाई २९.६ मिटर रहनेछ, प्रस्तावित भवन जम्मा ७ तल्लाको हुनेछ र पार्किङ्ग व्यवस्थाका लागि २ वटा बेस्मेन्ट निर्माण गरिनेछ,’ बैंकको सूचनामा उल्लेख गरिएको छ ।

भवन निर्माण गर्दा सो क्षेत्रको जैविक तथा पारिस्थितिकिय प्रणाली, प्राकृतिक तथा भौतिक प्रणाली, सामाजिक तथा आर्थिक प्रणाली र सांस्कृतिक प्रणालीहरुबिच कस्तो प्रभाव पर्छ भनी यकिन गर्न वातावरणीय अध्ययन प्रतिवेदन तयार गर्न लागेको बैंकले जनाएको छ ।

त्यसैले काठमाडौं महानगरपालिका २८ नं वडा कार्यालय, विद्यालय, स्वास्थ्य संस्था तथा सरोकारवाला व्यक्ति वा संस्थाले ७ दिनभित्र सुझाव उपलब्ध गराउन बैंकले अनुरोध गरेको छ ।

वि.सं.२०८० मंसिर ७ बिहीवार १३:४३ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बुधबार)का लागि विदेशी मुद्राको...

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

काठमाडौँ । एनएमबि बैंक लि. ले ६५ मेगावाट क्षमताको मनाङ...

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौँ । बाँदर र बँदेलबाट कृषि बालीमा क्षति बढ्दै गएपछि...

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आन्तरिक राजस्व विभागसँगको सहकार्यमा सञ्चालन...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको...

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...