back
CTIZAN AD

तीन वर्षदेखि प्राविधिक नहुँदा पूर्वाधारसम्बन्धी काम प्रभावित

वि.सं.२०८० मंसिर १७ आइतवार

876 

shares

पर्वत । भौतिक विकास निर्माण तथा पूर्वाधारसम्बन्धी काम गर्ने प्रमुख कार्यालयको रुपमा रहेको पूर्वाधार विकास कार्यालय पर्वत लामो समयदेखि प्राविधिक विहीन छ । दरबन्दी अनुसारका प्राविधिक नहुँदा सडक, मोटरेबल पुल, झोलुङ्गे पुल, ग्रामीण सडक स्तरोन्नति तथा खेलमैदान निर्माणलगायतका चालु आर्थिक वर्षका एक सय ७२ योजना प्रभावित बनेका छन् । पूर्वाधार विकास कार्यालय विगत तीन वर्षदेखि प्राविधिकविहीन हो ।

पाँचौँ, छैटौँ, सातौँ, आठौँ तहका प्राविधिक गरी १० जनाको दरबन्दी रहेको कार्यालयमा पाँचाैँ र छैटौँ सहायक प्राविधिक दुई जनामात्र कार्यालयमा कार्यरत छन् । तीन जना साताैँ र आठौँ तहका प्राविधिककको दरबन्दी रहेको कार्यालयमा अहिले एकजना पनि कार्यरत छैनन् । सातौंँ-आठौँं तहको दरबन्दी भए पनि कार्यालयमा अहिले तीवट पदविहीन बनेको कार्यालय प्रमुख गरुदत्त अधिकारीले जानकारी दिए ।

जिल्लाान ग्राभेल सडक, सडक पुल, माटे सडक, झोलुङ्गे पुललगायत निर्माणको गतिविधिको अगुवाइ गर्ने कार्यालयमा इञ्जिनियरको दरबन्दी तीन जनाको हो तर एक जना पनि छैनन् उनले भने, “सब-इञ्जिनियर अधिकृतस्तर पाँचौंँ-छैटौँको सात वटा दरबन्दी छ तर अहिले कार्यरत सब-इञ्जिनियरको सङ्ख्या जम्मा दुई जना मात्रै छ ।”

दरबन्दी अनुसारको कर्मचारी नभएपछि आफूहरुलाई कामको अत्यन्तै चाप रहेको अधिकारीको भनाइ छ । “सीमित जनशक्तिका कारण सबै योजनाको विस्तृत लागत तयार गर्ने, योजनाको डिपिआर निरीक्षण गर्ने, योजनाको मूल्याङ्कनलगायत कामले अत्यधिक भार परेको बताउँदै कतिपय योजनामा प्राविधिककै कारण ढिलाइ हुने गरेको उनले बताए ।

योजनाको काम प्रभावित हुन नदिन दैनिक ज्यालादारीमा प्रतिव्यक्ति रु एक हजार दुई सयदेखि रु एक हजार पाँच सयसम्म दिनेगरी प्राविधिक सुपरभाइजरको रुपमा तीन जना सव–इञ्जिनियरलाई काममा लगाइएको कार्यालय प्रमुख अधिकारीले बताए । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था कार्यालय गण्डकी प्रदेशले करारमा कर्मचारी राख्न नपाइने व्यवस्था गरेपछि ज्यालादारीमा राख्नुपरेको हो ।

पूर्वाधार विकास कार्यालय पर्वतमा इञ्जिनियर, लेखा, प्रशासन, हलुका सवारी चालकलगायत सबै गरेर जम्मा १६ जनाको दरबन्दी भए पनि अहिले कार्यरत कर्मचारीको सङ्ख्या कार्यालय सहयोगीसहित जम्मा आठजना मात्रै छ । उक्त कार्यालयमार्फत अहिले पर्वत जिल्लामा नौवटा बहुवर्षीय सडक योजना सञ्चालनमा छन् भने चार वटा मोटरेवल पुल निर्माणाधिन छन् ।

चार वटा मोटरेवल पुलमध्ये लिदी खोला सडक पुल राम्जा र छत्तीसेघाट सडक पुल पैँयु गरी दुई वटा पुल निर्माणाधीन छन् भने अन्य दुई वटा सडक पुल ठेक्का प्रक्रियामा गइसकेको कार्यालयले जनाएको छ । पूर्वाधार विकास कार्यालय अन्तर्गत यस वर्ष साना र ठुला गरी एक सय ७२ वटा भौतिक विकास निर्माणका योजना सञ्चालनमा छन् । यसवर्ष पर्वतको भौतिक पूर्वाधार विकासमा रु एक अर्ब पाँच करोड बजेट विनियोजन गरिएको छ ।

प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय स्थापना भएपछि पर्वतमा अहिलेसम्म ८१ दशमलव ३७ किमी पक्की सडक निर्माण भएको छ भने ३४ दशमलव सात किमी सडक ग्राभेल गरिएको कार्यालयले जनाएको छ । दरबन्दीअनुसारको जनशक्ति अभावमा तोकिएअनुसारको काम गर्न समस्या भएको कार्यालयले जनाएको छ ।
रासस/फाइल फोटो

वि.सं.२०८० मंसिर १७ आइतवार १४:२९ मा प्रकाशित

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...