काठमाडौं । दुरसंचार प्राधिकरणले दूरसंचार सेवा प्रदायक ३० कम्पनीलाई सातदिन अल्टिमेटम दिएको छ ।
प्राधिकरणले आइतबार एक सूचना जारी गर्दै ती कम्पनीलाई सात दिनभित्र प्राधिकरणमा हाजिर हुन भनेको हो ।
अल्टिमेटम दिइएका कम्पनीहरुमा ब्रोडब्यान्ड नेपाल प्रा.लि, नेपाल लिंक कम्युनिकेशन, फस्ट स्पिड लिंक प्रा.लि, प्राइम नेटवर्क प्रा.लि, नेपाल वायरलेस लगायतका ३० कम्पनी रहेका छन् ।
ती कम्पनीहरुले प्राधिकरणमा नियमअनुसार बुझाउनु पर्ने अडीटेड, वित्तिय विवरण, रोयल्टी रकम तथा ग्रामिण दूरसंचार विकास कोषको रकम समयमा नबुझाएको तथा पटक–पटक बक्यौता रकम जम्मा गर्न सम्पर्क र पत्राचार गर्दा पनि सम्पर्कमा नआएकोले सूचना जारी गरिएको प्राधिकरणले जनाएको छ ।

वि.सं.२०८० मंसिर १७ आइतवार १४:५७ मा प्रकाशित






























