काठमाडौं । योजना आयोगका सदस्यहरुको जिम्मेवारी बाँडफाँट गरिएको छ ।
आयोगका अनुसार उपाध्यक्ष मीनबहादुर श्रेष्ठ समष्टिगत आर्थिक क्षेत्र, अर्थ रक्षा, परराष्ट्र, गृह, भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा सामान्य प्रशासन बैदेशिक सहायता, लगानी मन्च, समपूरक एवं विशेष अनुदान, आयोजना बैंक, अनुगमन तथा मूल्यांकन, दिगो विकास लक्ष्य ९ र १७ र समग्र समन्वय लगायत रहेका छन् ।
सदस्य डा.रामकुमार फुँयाललाई अनुगमन तथा मूल्यांकन, दिगो विकास तथा अन्तराष्ट्रिय सम्बन्ध, आर्थिक व्यवस्थापन महाशाखा अन्तर्गत उद्योग वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्यन, श्रम, रोजगार तथा सामाजिक सुरक्षा तथ्यांक, दिगो विकास लक्ष्य ८,९ र १२ लगायत रहेका छन् ।

वि.सं.२०८० मंसिर १७ आइतवार १५:५४ मा प्रकाशित






























