back

हिमालयन रि इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८० मंसिर १८ सोमवार

414 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

काठमाडौं । हिमालयन रि इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज मंसिर १८ गते अन्तिम दिन रहेको छ । यहि मंसिर ४ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा श्रम स्वीकृति लिई विदेशमा रोजगार गरिरहेका नेपालीहरूले आजसम्म आवेदन दिन सक्ने छन् ।

कम्पनीले हाल कायम जारी पूँजी १० अर्ब रुपैयाँको ३० प्रतिशत अर्थात् ३ अर्ब रुपैयाँको ३ करोड कित्ता सेयर बिक्री गर्नेछ । जसमध्ये पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई ३० लाख कित्ता, कर्मचारीलाई ६ लाख कित्ता र सामूहिक लगानी कोषलाई १५ लाख कित्ता सेयर बिक्री गरेको हो ।

कम्पनीले अंकित मूल्य १ सय रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा सेयर बिक्री गरेको हो । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्तासम्म आवेदन दिन सक्ने छन् ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । आईपीओमा सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत् आवेदन दिन सकिनेछ ।

इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त रुपमा सुरक्षित रहेको संकेत गर्दछ ।

वि.सं.२०८० मंसिर १८ सोमवार ०८:०९ मा प्रकाशित

उच्च अङ्कले घट्यो नेप्से

उच्च अङ्कले घट्यो नेप्से

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

साताको पहिलो दिन नै उच्च अङ्कले घट्यो नेप्से

साताको पहिलो दिन नै उच्च अङ्कले घट्यो नेप्से

काठमाडौँ  । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

साताको अन्तिम दिन  दोहोरो अङ्कले घट्यो नेप्से

साताको अन्तिम दिन दोहोरो अङ्कले घट्यो नेप्से

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

सर्वोत्तम सिमेन्टको आईपीओ निष्काशन फागुन १३ देखि

सर्वोत्तम सिमेन्टको आईपीओ निष्काशन फागुन १३ देखि

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले फागुन १३ गतेदेखि सर्वसाधारणका लागि...

सामान्य अङ्कले बढ्यो नेप्से

सामान्य अङ्कले बढ्यो नेप्से

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि...

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उकालो...