back
CTIZAN AD

मलेसियामा कलाकार दिपेश घाइते !

वि.सं.२०७४ वैशाख १७ आइतवार

873 

shares

dipes-jones

मलेसियाको सेगाम्वुतमा रहेको निर्माणधिन पुलको छेउमै कलाकार दिपेश जोन्स भारि रड उचाल्दै थिए । उनीसंगै उनका साथीहरु पनि उनलाई सहयोग गर्दै थिए । छड बोकेका दिपेश एक्कासी लडेपछि घाइते भए । खुट्टामा चोटलागेका उनलाई साथीहरुले उद्धार गरे । दिपेश रियल नभइ एउटा गितको म्युजिक भिडीयोको लागी घाइते भएका थिए ।

सेगाम्वुतमा प्रस्तुत दृश्य खिचिरहदा निर्देशक राघव आचार्य वेला वेला कलाकारलाई के काम गर्ने भनेर सिकाइरहेका थिए । विक्रम चाम्लिङ्गको स्वर रहेको गित ‘रुदै सिमाना काटनेलाई’वोलको गित छायाकन भइरहदाका दृश्य थियो, त्यहा । त्यहा कार्यरत रहेका नेपाली र वंगाली श्रमीक ले पनि सो म्युजिक भिडीयोमा अभिनय गरेका छन् । दिपेशलाई सो म्युजिक भिडीयोमा शिव मगर,सुर्य थापा र गोपिका नेपालले साथ दिएका छन् । दिपेश र गोपिकाको जोडी देख्न सकिने सो म्युजिक भिडीयोका दुवै कलाकारको यो डेव्यु म्युजिक भिडीयो हो ।

मलेसियाको सेगाम्वुत र सिमोनियामा छायाकन गरिएको सो म्युजिक भिडीयोमा विदेश जाने नेपाली ले भोगेका दुः ख देखाइएको छ । जेवि दर्लामीको शव्द रहेको सो गितलाई जनक रुचालले संगीत दिएका छन् । विदेशमा नेपालीले भोगेका दुख र परिवारमा परेको पिडा लाई हामीले दृश्यका रुपमा देखाउन खोजेका छौ निर्देशक आचार्यले भने । आचार्यको यो चौथो भिडीयो हो । आचार्य पछिल्लो समय मलेसियामा निर्माण भएका म्युजिक भिडीयोमा व्यस्त बनेको छन् ।

सो म्युजिक भिडीयो छिटै नेपाली दर्शक माझ पुयाउने लक्ष्य निर्माण पक्षले लिएको छ । मलेसियामा नेपाली श्रमीकले निर्माण क्षेत्रमा कस्तो दुःख भोगेका छन् त्यो भिडीयोमा देखाउने प्रयास गरेको आचार्यले बताए । गोपिकाले पनि पहिलो पटक क्यामेरामा अभिनय गरेकि हुन् मलक्कामा । रोजगारीका क्रममा रहेकी गोपिकाले दिपेशको जोडिका रुपमा पर्दामा अभिनय गरेकि हुन् । पहिलो पल्ट क्यामेरामा अभिनय गरेपनि आफुले राम्रो अभिनय गरेको ले यो भिडीयो दर्शकले मन पराउने विश्वास उनले गरेकि छन् । भिडियोको छायाकन भने पत्रकार अर्जुन काफ्लेले गरेका हुन् ।

वि.सं.२०७४ वैशाख १७ आइतवार ०६:४८ मा प्रकाशित

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

काठमाडौं । शिक्षक–विद्यार्थी सम्बन्धको भावनात्मक कथावस्तु समेटिएको नेपाली चलचित्र गुरु...

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

काठमाडौं । नेपाली चलचित्र ‘गुरु आमा’ को ट्रेलर सार्वजनिक गरिने...

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

काठमाडौं । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

काठमाडौं  । गायक राजेश बर्देवा र गायिका क्रिस्टिना अधिकारीको आवाजमा...

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

काठमाडौँ । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक, दर्शकहरूको उत्साह चरममा

फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक, दर्शकहरूको उत्साह चरममा

काठमाडौं  । नेपाली चलचित्र ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’...