
इङ्लिस फुटबल क्लब सन्डरल्यान्ड च्याम्पियनशिपमा घटुवा भएको छ । शनिबार राती भएको खेलमा बर्नेमाउथसँगको हार सँगै सन्डरल्यान्ड बी डिभिजनमा घटुवा भएको हो । खराब लयबाट गुज्रिरहेको सन्डरल्यान्डको यो २३ औ हार थियो । १०वर्ष पछि रेलिगेशनमा परेको सन्डरल्यान्ड यो सगैँ चौथै पटक रेलिगेशनमा परेको छ । डेभिड मोयजको प्रशिक्षणमा खेलेको सन्डरल्यान्डले लगातार ११ पटक सम्म खेलमा गो गर्न सकेको थिएन । यो सगैे ४ खेल खेल्न बाकी हुदैँ सन्डरल्यान्ड रेलिगेसनमा परेको हो प्रिमियर लिगको रेलिगेशनमा पर्ने छन । जम्मा २० टिम मध्ये अन्तिमका ३ टिम रेलिगेशनमा पर्ने प्राबाधान अनुसार बाकी २ वटा टिम प्रिमियर लिगको रेलिगेशनमा पर्ने छन ।
वि.सं.२०७४ वैशाख १७ आइतवार ०७:२१ मा प्रकाशित
























