आसन्न NRNA अष्ट्रेलियाको निर्बाचन,यसमा भएको नेपाली परम्परागत राजनितीकरणले जनमानसमा बितृष्णा उब्जाएको छ ।
संस्थाको महत्व र अब नयाँ नेतृत्वको छनोटमा नागरिकको भूमिका गैरआबासीय नेपाली सँघ (NRNA) भनेको प्रबासमा भएका नेपाली समुदायलाई सामाजिक सद्भाब र एकताबद्ध गरि आफ्नो भेष भुषा,भाषा,कला र सँस्कृतिलाई सम्बर्दन र प्रबर्दन गर्ने ,समुदायमा हुने गरेका अप्रत्यासीत बिभिन्न समस्याहरु,दुःखद घटनाहरुलाई सक्तो सहयोग गरि पिडामा सक्दो मलम लगाउने र बिदेशमा भएका श्रम,श्रोत र साधनलाई स्वदेशमा भित्र्याई लगानी गरि समृद्ध देश निर्माणको लागि एक रचनात्मक माध्यम बन्ने एक बिशुद्ध सामाजिक सँस्था हो ।
अष्ट्रेलियामा अन्तिम तथ्याङ्क अनुसार लगभग ७८ हजार प्रबासी नेपालीहरु बसोबास गर्दै आएको देखिन्छ । जसमा आगामि जुलाई ८ का दिन हुने निर्बाचनलाई लक्षित गरि आव्हान गराएको सदस्यता नबिकरण र नयाँ सदस्यता फारम भर्ने मिति ३० अप्रिल सम्ममा स्वतस्फुर्त जम्मा सदस्यता सँख्या ५५ सय देखिन्छ । यसले प्रष्ट के देखाउछ कि प्रबासी नेपालीमा यस साझा सँस्था प्रति निकै नै बितृष्णा अबश्य नै छ। यसको प्रमुख कारण जनगुनासो अनुसार नै यस सँस्थामा भएको उहि नेपाली परम्परागत अस्वस्थ राजनीतिकरण हो । बिगतका निर्बाचन र यसको प्रकृति हेर्दा यसको उमेरद्धारी सँस्थाको नाममा छुरो गुटलाई झल्काउने खालको उहि काङ्ग्रेस,एमाले,माअोबादी त्यस्तै अन्य पार्टी भन्दा फरक नपर्ला ।
राजनीति भन्नु बित्तिकै हामि नराम्रो नजरले हेरी हाल्छौ तर ईमान्दार र असल राजनीति एक समाज सेवा गर्ने मुख्य बाटो पनि हो । तर प्रतिभा,पारदर्शिता र प्रस्तुति को संयोजन भएको कुशल राजनीतिज्ञ को अभाबले नै समग्र राजनीतिको गलत ब्याख्या गर्न बाध्य बनाईएको हो । NRNA अष्ट्रेलियाले पनि धेरै राम्रा कामहरु गरेको छ यसको एक ज्वलन्त उदाहरण हो नेपालमा बिनाशकारी महाभूकम्प जाँदा गरेको सहयोग सँकलन । यध्यपि प्रबासमै भएका नेपालीहरुलाई जुन एक सद्धभाब र एकताबद्ध गरि दुःख सुखको साथी हामी सबैको साझा NRNA हुनु पर्नेमा चाँही यस सँस्था चुकेको सबैको साझा बिष्लेषण हो ।
प्रमुख कारण निर्बाचित कार्य समितिमा भएको गुटबन्दी भन्दा फरक नपर्ला । हो किनकी केहि ब्यक्तिहरु गुटमा एस्तो परे कि जसले सँस्थालाई माध्यम बनाई आफ्नो ब्याक्तिगत र ब्यापारिक स्वार्थलाई प्राथामिक्तामा राखि सस्तो प्रचार गराए र गुटले नै सक्षम,योग्य र इमान्दार ब्यक्तिलाई सेवाको अबसरबाट बञ्चित गरियो जुन बितृष्णाको प्रमुख कारण बन्न पुग्यो । आफ्नो छोरो बिग्रियो भने अरुको सज्जन छोरा खोज्न भन्दा पनि आफ्नो छोरालाई सुधार्नु बुद्धिमानी र सबैको जिम्मेबारी हो ।
त्यसैले समयको कालखण्डले फेरी हामीलाई अर्को जिम्बेवारी को सँघारमा ल्याएको छ फेरी पनि NRNA अष्ट्रेलियाको २०१७-२०१९ को लागि नेतृत्व चयन गर्ने समय आएको छ। भनिन्छ, सभ्य र समृद्ध समाज बनाउन समुदायको नागरिककै प्रमुख भूमिका हुन्छ तर नागरिक चेतनशील हुन जरुरी छ । बिगतबाट पाठ सिक्ने,बर्तमानमा पर्याप्त अभ्यास गरि परिक्षा दिने र भबिश्यमा उत्कृष्ठ नतिजाको अपेक्षा गरियो भने अबश्यनै नतिजा सुनौलो हात पर्ने सत्य हो । सधैं, सँस्था यस्तो भयो उस्तो भयो भन्दा पनि अब कस्तो बनाउने भन्ने निर्णायक समय आएको छ । त्यसै अनुरुप अब हुने आसन्न निर्बाचनमा सदस्यता बनौ योग्य तथा सक्षम समुदायलाई अभिभाबकत्व प्रदान गर्ने ब्यक्तिगत स्वार्थ भन्दा माथि उठी समुदायको लागि केहि गर्छु भन्ने ईच्छाशक्ति भएको प्रतिभा,पारदर्शिता र प्रस्तुती भएको उमेरद्धारलाई आफ्नो अमूल्य मतको प्रयोग गरौ ।
अर्को तिर उमेद्धारीको प्रसंग जुन छ,दुई बर्ष पहिला र अहिलेको बिश्व फरक छ । प्रबिधिले सबै साघुरो बनाएको छ । हावा चल्न भन्दा पहिले नै पात हल्लन थाल्छ । सुचनाको पहुँच प्रत्यक कुनाको ब्यक्ति सम्म पुगेको छ । त्यसैले यसलाई मध्यनजर गर्दै साच्चैनै यस सँस्थालाई सम्पूर्ण प्रबासीको साझा सँस्था बनाउने नै हो भने गुट भन्दा फरक स्वतन्त्र उमेरद्धारीको प्रयोग गरीनु पर्छ । जसबाट सँस्थाप्रति भएको बितृष्णा जनमानसपटलबाट बिस्थापित होस । सबैमा उत्साहजनक सदस्यहरूको सहभागि होस् । हामी सबैले रोजेको खोजेको साझा र हाम्रो NRNA बन्न सकोस । शुभकामना !