back
CTIZAN AD

बार्यनलाइ लगातार पाँचौ पटक बुन्डेसलिगाको उपाधि

वि.सं.२०७४ वैशाख १७ आइतवार

909 

shares

जर्मन क्लब बार्यन म्युनिखले लगातार पाँचौ पटक बुन्डेसलिगाको उपाधि जितेको छ ।

bayern

च्याम्पियन्स लिग र डिफएल पोकलबाट यस अघिनै बाहिरिएको बार्यनले बुन्डेसलिगाको   उपाधि जितेको हो ।शनिबार राति भएको खेलमा बार्यनले अर्को जर्मन क्लब वुल्फ्सबर्गलाइ हराएसगँै बार्यनले तीन खेल अगावै जर्मन घरेलु लिग बुन्डेसलिगाको उपाधि कब्जा गरेको हो । पेप ग्वार्डिओलाको बहिर्गमन सगैँ कार्लो एन्सेलोट्टीको प्रशिक्षणमा रहेको बार्यनले यो सगैँ २७ पटक बुन्डेसलिगाको उपाधि जितेको छ । यो सिजनको अन्त्यमा सन्यास लिने घोषणा गरेका बार्यन कप्तान फिलिप लाहामको क्लबबाट अन्तिम उपाधि हो । यो सिजनको अन्त्यमा कप्तान लाहाम सगैँ मिडफिल्डर जाभी एलोन्सोले समेत व्यवसायिक फुटबलबाट सन्यास   लिदैँ छन    ।

वि.सं.२०७४ वैशाख १७ आइतवार ०८:३७ मा प्रकाशित