back
CTIZAN AD

श्रीलङ्काका विदेशमन्त्री साब्री नेपाल भ्रमणमा आउँदै

वि.सं.२०८० पुस ४ बुधवार

1.1K 

shares

काठमाडौं । प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काका विदेशमन्त्री एमयूएम अली साब्री आज नेपालको औपचारिक भ्रमणमा आउँदै छन् । उनले आज पुस ४ देखि ७ सम्म नेपालको औपचारिक भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

विदेशमन्त्री साब्री पुस ५ र ६ गते काठमाडौँमा आयोजना हुने नेपाल-श्रीलङ्का संयुक्त आयोगको पहिलो बैठकमा सहभागी हुन नेपाल भ्रमणमा आउन लागेका हुन् । संयुक्त आयोगको बैठकमा विभिन्न मन्त्रालयका अधिकारी सम्मिलित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले गर्नेछन् । साथै दुई विदेशमन्त्रीले छुट्टाछुट्टै भेटवार्ता पनि गर्ने मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा श्रीलङ्काका विदेशमन्त्री साब्रीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । उनी पुस ७ गते कोलम्बो फर्किने छन् ।

वि.सं.२०८० पुस ४ बुधवार ११:०७ मा प्रकाशित

नाईमा मोविलिटी एक्स्पो–२०२६ भव्य उद्घाटन, एक्स्पोमा इभिको वर्चश्व

नाईमा मोविलिटी एक्स्पो–२०२६ भव्य उद्घाटन, एक्स्पोमा इभिको वर्चश्व

काठमाडौं । दोस्रो ‘नाइमा मोबिलिटी एक्स्पो‘ मंगलबार राजधानीमा भव्य उद्घाटन...

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

काठमाडौँ । स्पष्ट नीति, अनावश्यक खर्च व्यस्थापन गर्दै इमान्दारिताताका साथ...

शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्याइने

शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्याइने

काठमाडौँ । नेपालको दूरसञ्चार क्षेत्रलाई उच्च गतिको मोबाइल ब्रोडब्यान्डमा रूपान्तरण...

पत्रकार अमात्यको निधनप्रति महासङ्घको श्रद्धाञ्जली

पत्रकार अमात्यको निधनप्रति महासङ्घको श्रद्धाञ्जली

काठमाडौँ । नेपाल पत्रकार महासङ्घकी पूर्वकेन्द्रीय लेखा समिति सदस्य मीरा...