काठमाडौँ । नेपाल विधुत् प्राधिकरणले काठमाडौँका आधा दर्जन ठाउँमा आजदेखि केही दिन साढे ४ घण्टासम्म विद्युत आपूर्ति बन्द हुने जनाएको छ ।
महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने काम भइरहेकोले महाराजगञ्ज आसपासका केही ठाउँमा केही दिन साढे ४ घण्टा विद्युत सेवा बन्द हुने भएको हो ।
प्राधिकरणका अनुसार आज (बुधबार) चपली तथा बूढानीलकन्ठ, बिहीबार गोंगबु बसपार्क क्षेत्र, शुक्रबार चपली तथा हात्तीगौँडा क्षेत्र र शनिबार चपली, बुढानीलकन्ठ तथा पासीकोट क्षेत्रमा विद्युत आपूर्ति बन्द हुनेछ ।
वि.सं.२०८० पुस ४ बुधवार १०:५३ मा प्रकाशित
























