back
CTIZAN AD

लघुकथाः झम्पल

वि.सं.२०८० पुस १४ शनिवार

1.8K 

shares

डा. विदुर चालिसे, काठमाडौं

‘मेरो राजा !’

पुतलीको पखेंटा हुरी बतास जस्तै हावामा उड्न पो थाल्यो ।

समाउन खोज्नेहरू हैरान भएर चक्रवात खेप्न थाले ।

‘पुरातनवादीहरू थिए, खै ! कता गए !’

‘प्रजातन्त्रवादीहरू थिए, खै ! कता पो लुके !’

‘गणतन्त्रवादीहरू त छँदैथिए, अरे ! कता भासिए !’

प्राचीन महाकवि होमरको गलामा अबरूद्व भएका लयात्मक यिनै ध्वनि लहरका शब्दहरू दीनदुखीका मनमा ढुकढुक गरेर तनाव थपिरहेका थिए । ढुक्ढुकिएको मुटुमा संन्त्रासको ज्वार उम्लिरहेको थियो ।

‘अब नयाँ भेरियन्टको युग रे !’

नयाँ भेरिएन्टको डेंगु पनि आयो, गयो । दुखीहरू बाँचेकै छन् । विविध भेरिएन्टको कोरोना भाइरस आयो, लापत्ता नै भयो ।
निर्धन र बेसहाराहरू होमरका प्राचीन गीतका गाथाहरू सुनेर जीवन धाने कै छन् । अन्धा होमरका गीतका मीठा भाकामा एकदिन भान्सामा ताउलो कन्याइरहेकी तिनै पुतलीले दयाजन लाई सोधिन् ।

‘तपाईको दिन कहिले आउँछ ?’

‘अहिले मेरो दिन ल्याउने भेरिएन्ट जोखिममा छ, पख न !’

‘मेरो भेरियन्ट आयो भने भुत्रो पनि भाँडा माझेर बस्दिनँ !’

पुतली भान्साबाटै फत्फताउन थालिन् । नुन, बेसार, मसला र पानी खोज्दाखोज्दै ताउलो डढेर अँगार भयो । अँगारबाट पुत्पुताएको धुवाँले घाँटी कोक्याउन थाल्यो । रिसको वेगमा बर्बराउन थालिन् ।

‘खै ! झम्पल ल्याउ, पल्टाइदिन्छु !’

दयाजन घोप्टो परेर निलाम्य भए । उनलाई लागेको भेरियन्टको कम्परले जिउ थाक्न थाल्यो । उनी कराउन थाले ।
‘तिम्रो राजा, अब मर्याे !’

 

वि.सं.२०८० पुस १४ शनिवार ०८:१३ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...