तारा घिमिरे स्वेच्छा,खांदबारी, सङ्खुवासभा
डाली
१
हे फुलाउँछु कोपिला डालीमा
प्रकृति धरामा, अन्न बाली झुलाउने मन मेरो खेतको गरामा
हाँसो छर्न ओठको लालीमा
२
हे खाली हुन्न कोदालो हातको
प्रकृति धरामा, अन्न बाली झुलाउने मन मेरो खेतको गरामा
महत्व छ दिन र रातको
३
हे सिर्जनाले रङिन्छ माटोमा
प्रकृति धरामा, अन्न बाली झुलाउने मन मेरो खेतको गरामा
श्रम पोखिन्छ यहिँको बाटोमा
४
हे रोजगार खोज्दै पस्दिन विदेश
प्रकृति धरामा, अन्न बाली झुलाउने मन मेरो खेतको गरामा
गाँस बास मेटि फस्दिन विदेश
५
हे सम्पत्ति यो बाबु र बाजेको
प्रकृति धरामा, अन्न बाली झुलाउने मन मेरो खेतको गरामा
भोक प्यास नभनी आर्जेको
वि.सं.२०८० पुस १४ शनिवार ०८:११ मा प्रकाशित