back
CTIZAN AD

कविता : भावावेश तरङ्ग

वि.सं.२०८० पुस १४ शनिवार

1.7K 

shares

राजेन्द्रकुमार बज्राचार्य,कोटेश्वर,काठमाण्डौ

समाजवादको अर्थ, देखिँदैन कतै गति ।
साम्यवाद त व्यर्थैझैँ, लाग्न थाल्यो यहाँ मति ।।१।।

छैन अरू व्यवस्था ती, जनता नै खुसी हुने ।
तन्त्र, यन्त्र सबै व्यर्थ, चालक योग्य चाहिने ।।२।।

देशको स्वार्थमा लड्ने, नेतृत्व खोज है कहाँ ।
जो आफ्नो स्वार्थ त्यागी नै, छन् है सर्वत्र ती जहाँ ।।३।।

फाल्न सके सबै त्यस्ता, भाइ र भतिजा पनि ।
सच्चा मुलुक बन्दै यो, चिनिन्छ विश्वमा अनि ।।४।।

आफ्नो पार्टी र आफ्ना ती, छन् भनुन्ञ्जेल कुनै पनि ।
बन्दैन देश लाखौका, सङ्ख्या जन मरे पनि ।।५।।

ती घरैमा बसेका छन्, ती काखैमा बसेका छन् ।
राष्ट्र र जनताका नै, काल बनेर आउँछन् ।। ६।।

राखी हिम्मत निः स्वार्थ, चिताउने भलो यहाँ ।
उसैलाई दिए हुन्छ, राज गर्न सदा जहाँ ।।७।।

पोका पन्तुर स्वार्थीको, फाल्दा हुन्छ परैतिर ।
यो देशमा चलोस् राज, समृद्धिको निरन्तर ।।८।।

छन्द : अनुष्टुप्

 

वि.सं.२०८० पुस १४ शनिवार ०८:०८ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...