back
CTIZAN AD

कविता : उन्माद !!

वि.सं.२०८० पुस १४ शनिवार

1.9K 

shares

कलानिधि दाहाल, काठमाडौं

उन्मादको आगो फुकेर
घरआँगनमा
सम्म बाटामा
भीरपाखा
वा पाटामा
जतिसुकै झोस
न त्यसले
आँगनको छेउ पोल्छ
न पाटाका दिल दुख्छन्
न भीरमा डढेलो सल्कन्छ
इर्ष्याका घैँटा फुटाएर
बाछिटाबाट तप्केनी
तप्केनीबाट कुलो
कुलेसोकुलोबाट खोलो
र खोलोबाट नदी हुँदै
जतिसुकै समुद्र बग
त्यसले
न कुनै हरियाली बिगार्छ
न त ज्वारको तरङ्ग घटाउँछ
न कुनै
अन्य ऊर्जाको अहंमा
प्रश्न खडा गर्न सक्छ
सक्छ त
केवल तिम्रै
–सद्ज्ञानको मुहान थुन्न
–सच्चरित्रको ढोका बन्द गर्न
–सद्भावको भाँडोमा बिर्को लगाउन
–सम्भावित उजेलो निभाउन
आक्रोशका आँखा उचालेर
–विचारमादले
–धनमादले
–ज्ञानमादले
–सीपमादले
चाहे तिमी जति नै
पदको उचाइ उक्ल
न तिमी
–इतिहासको अक्षर बन्न सक्छौ
–न समाजको आँखो
–न गोरेटोको एक डोब खन्न सक्छौ
–न भोलिको खुड्किलो
उन्माद झिक
आक्रोश झिक
इर्ष्या झिक
केही नगर
मात्र हिँड
–अरूकै बाटामा
मात्र बोल
–अरूकै ओठमा
मात्र उठ
–अरूकै बिहानमा
मात्र सुत
–अरूकै रातमा
तर तिमी
त्यस्तो बिम्ब बन्न सक्छौ
उदाहरण बन्न सक्छौ
इतिहासको छेउ बन्न सक्छौ
जसबाट
बिस्तारै उदारताको
सहिष्णुको
धीरताको
संयमको कल्पवृक्ष उम्रिन्छ !!

 

वि.सं.२०८० पुस १४ शनिवार ०८:०७ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...