back
CTIZAN AD

लघुकथा : पुरस्कार

वि.सं.२०८० पुस १४ शनिवार

2.4K 

shares

नवराज न्यौपाने ‘मौन’,गोरखा

‘सर, नमस्कार ! हाम्रो पब्लिकेशनको वार्षिकोत्सबमा मैले उत्कृष्ट रिपोर्टरको पुरस्कार पाएँ । हजुरले हिमाली जिल्लाहरुको समाचार, अन्तरवार्ता र विविध लेखरचना तयार पार्न मलाई धेरै सहयोग गर्नुभयो । कहिले झर्नुहुन्छ त तलतिर ? आउँदा भेट्नुहोला है !’ फेसबूक मेसेन्जरमा पत्रकार बहिनीको म्यासेज आयो ।
‘ल बधाई छ नानी ! म धेरै खुशी छु ।’ मैले जबाफ पठाएँँ ।

हिउं पर्न थालेपछि तल अर्थात् छिमेकी जिल्ला झरियो र उनलाई भेटियो । उनले क्याफेमा गएर कुरा गर्न खोजिन् । गाह्रो मानी मानी म उनीसंगै गएँ ।

’सर, तपाई त इन्जिनियर भएर पनि साहित्य र पत्रकारितामा यति राम्रो दखल राख्नुहुदो रहेछ । अरु जिल्लामा पनि यो काम गर्नुभएको थियो ?’ उनले जिज्ञासा राखिन् ।

‘हो, मैले ताप्लेजुङ्देखि दार्चुलासम्मका ९ जिल्लामा यस्तो काम गरिसकेको छु । इन्जिनीयरिङ्ग मेरो पेशा र पत्रकारिता मेरो रुचि हो । हाम्रो अफिसले ‘दुर्गम क्षेत्रको गतिविधि’ नामक त्रैमासिक बुलेटिन निकाल्छ । त्यस्तै, वार्षिक रुपमा ‘सुगम बन्दैछन् दुर्गम भेगहरु’ नामक डकुमेन्ट्री फिल्म पनि बनाउने गर्छ । त्यो काम हामी आँफै मिलेर गर्छौं । अन्य संस्थाबाट भत्ता खानेगरी पत्रकार बन्न मिल्दैन ।’ मैले भने ।

वेटरले रेन्बो ट्राउट माछा र हट लेमन लिएर आयो । एकछिन् सन्नाटा छायो । माछा खाइसकेपछि उनले झोलाबाट एउटा लक्जरी डायरी झिकेर दिदै भनिन् ‘खोल्नुस् त सर यो डायरी !’

डायरी खोल्नासाथ संगीतको धून बज्यो –‘रेशम फिरिरी,रेशम फिरिरि,उडेर जाउँ कि डाँडैमा भञ्ज्याङ । रेशम फिरिरी ।’

डायरीमा लेखिएको थियो –‘परिश्रमी हातहरु कहिल्यै नथाकून् ।’ त्यो पढ्दा मेरा आँखा रसाए ।

उनले सोधिन् –‘के भयो सर ?’

मैले भने –‘मेरो एउटा मात्र हात छ् ,केवल दाहिने हात । त्यही हातले धेरैलाई पुरस्कार दिलाएको छ ।’

उनका आँखाबाट पनि बररर आँसु झर्न थाले ।

 

वि.सं.२०८० पुस १४ शनिवार ०७:५८ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...