back
CTIZAN AD

मुक्तक

वि.सं.२०८० पुस १४ शनिवार

2.4K 

shares

विष्णु थापा ’विछोड’,काठमाडौ
१.
मै नराम्रो मै खराब आखिरमा जनाई छाड्यौ
स्वार्थले भरिएको बैमान रैछ भनाई छाड्यौ
दुनियाँको नजरमा तिमी भयौ असल प्रेमी
मलाई चैँ मुर्ख पागल आवारा बनाई छाड्यौ ।

२.
नाक खुम्च्याई आँखा तर्दै रिसाएको मनपर्छ
लम्कीझम्की सँगै घुर्की मिसाएको मनपर्छ
तिम्रो आवेग मेरो माया हाँसेर म सहिदिन्छु
आफ्नै सम्झि मनको बह बिसाएको मनपर्छ ।

३.
अरुको व्यथा थाहा हुन्न डुली हिड्ने भमरोलाई
बाहिरी रुप सौन्दर्यमा भुली हिड्ने भमरोलाई
दुःख पीडा लुकाएर फूलले हाँसो छर्छ किन ?
फूलमा चोट पारी पारी झुली हिड्ने भमरोलाई

४.
गोप्य रुपले हर योजना अन्जाम लगाउनु छ
बेतोडले कुद्ने मनलाई लगाम लगाउनु छ
फूल जस्तै कोमल हुँदा चोट दिन्छन् मान्छेहरू
ढुङ्गा बनि मनलाई अब विश्राम लगाउनु छ

५.
स्वार्थ पूरा गर्नुपरे आफै शरण पर्छन्
गर्नुपरे हजुर सहयोग पर पर सर्छ्न्
बन साङ्लोले घर साङ्लोलाई सताउँछ रे हजुर
रीस किन आखिरमा नजीककाले गर्छन् ।

 

वि.सं.२०८० पुस १४ शनिवार ०८:१४ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...