स्वर्णशिखा, दाङ
आधा पानीको जुन गाग्रो हुन्छ
प्रायः त्यसकै छल्काइ ठुलो हुन्छ
मनमा जे छ बताऊ बात समयमै
नत्र हृदयमा दुखको गाँठो हुन्छ
सदियौँदेखि चलेको रीत यही हो
होचोको मुखमा नै घोचो हुन्छ
तिम्रो दिलभित्र पसेको शङ्काझैँ
भीषण झगडाको बिउ सानो हुन्छ
काम हुँदामात्रै स्वर्ण छ खास हुँदै
सकियो काम भने त्यो घाँडो हुन्छ
बहर : मीर (२० मात्रा )
अर्कान : २२ २२ २२ २२ २२
वि.सं.२०८० पुस १४ शनिवार ०८:१४ मा प्रकाशित






























