back
CTIZAN AD

बैतडीमा १० दलले चुनाव चिह्न पाए

वि.सं.२०७४ वैशाख १८ सोमवार

903 

shares

१८ वैशाख,बैतडी  । आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय, बैतडीमा दर्ता भएका १३ दलमध्ये १० दलले मात्र चुनाव चिह्न पाएका छन् ।

निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालयमा पठाएको विवरणमा जिल्लामा दर्ता भएका १३ दलमध्ये १० दलले मात्रै चुनाव चिह्न पाएको उल्लेख छ । चुनाव चिह्न पाउने दलमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनमोर्चा पार्टी रहेका छन् ।

त्यस्तै, नेपाल कम्युनिस्ट पार्टी माले, मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक), बहुजन शक्ति पार्टी नेपाल, जनजागरण पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टी नेपाल (माले–जनसमाजवादी) पार्टीले चुनाव चिह्न पाएको जिल्ला निर्वाचन अधिकारी माधव फुयाँलले जानकारी दिनुभयो ।

जिल्ला निर्वाचन कार्यालयमा दर्ता भएका दलमध्ये बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल, नेपाल दलित पार्टी, युनाइटेड ग्रिन अर्गनाइजेसन नेपाल पार्टीले चुनाव चिह्न पाएका छैनन् ।

बाबुराम नेतृत्वको नयाँ शक्ति नेपाल पार्टीले उपेन्द्र यादव नेतृत्वको पार्टी सङ्घीय समाजवादी फोरम नेपालको चिह्न लिएर चुनाव लड्ने भएको छ ।

संसद्मा प्रतिनिधित्व गरेका २७ दलले मात्र चुनाव चिह्न पाएको बताउँदै जिल्ला निर्वाचन अधिकारी फुयाँलले नेपाल दलित पार्टी, युनाइटेड ग्रिन अर्गनाइजेसन नेपाल राष्ट्रिय पार्टी नभएकाले यिनीहरुले चुनाव चिह्न नपाएको बताउनुभयो ।

अन्य दलले चुनाव चिह्न नपाए पनि स्वतन्त्र रुपमा चुनाव लड्न पाउने र सोहीअनुसारको चुनाव चिह्न दिने व्यवस्था गरिएको छ ।

यसैबीच, बैतडीमा १८ स्वतन्त्र उम्मेदवारको चुनाव चिह्न पनि आएको बताइएको छ । रासस

वि.सं.२०७४ वैशाख १८ सोमवार ०९:३४ मा प्रकाशित

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

चितवन । नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी...

सांसद खनालले धम्काए अस्पताल व्यवस्थापन समिति सदस्य थापालाई

सांसद खनालले धम्काए अस्पताल व्यवस्थापन समिति सदस्य थापालाई

कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले...

सुतिरहेकै अवस्थामा पहिरोमा परी लालवीर छन्त्यालको मृत्यु, एकजनाको उद्धार

सुतिरहेकै अवस्थामा पहिरोमा परी लालवीर छन्त्यालको मृत्यु, एकजनाको उद्धार

गण्डकी । पहिरोमा परी म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली, चिनाखेतका ७०...

वनस्पति उद्यानभित्र नक्षत्र, राशि र ग्रह अनुसारको वृक्षरोपण सुरु 

वनस्पति उद्यानभित्र नक्षत्र, राशि र ग्रह अनुसारको वृक्षरोपण सुरु 

जनकपुरधाम । पछिल्लो समय पर्यटकहरुको आकर्षणको केन्द्र बन्दै गएको धनुषाधाम...

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सुदूरपश्चिम । कैलालीको कैलारी गाउँपालिकामा सर्पले टोकेर एक युवकको मृत्यु...

भजनमा रमाउँदै युवा

भजनमा रमाउँदै युवा

चितवन । केही वर्षअघिसम्म भजनकीर्तन भनेपछि धेरैको मनमा उमेर ढल्किएका...