back
CTIZAN AD

सर्वोच्च अदालतद्वारा सरकारसँग जवाफ माग

वि.सं.२०८० पुस १७ मंगलवार

1.1K 

shares

काठमाडौं । सर्वोच्च अदादतले जलवायु परिवर्तनसम्बन्धी कानुन बनाउन दिएको परमादेश बमोजिम हालसम्म कानुन नबनाएको जिकिर गर्दै दायर गरेको अदालतमा अवहेलनासम्बन्धी मुद्दामा सरकारसँग लिखित जवाफ माग गरेको छ ।

न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले आज जलवायु परिर्वतनसम्बन्धी कानुन किन नबनाएको भन्ने विषयमा सरकारसँग १५ दिनभित्र लिखित जवाफ माग गरेको हो । अधिबक्ता पदमबहादुर श्रेष्ठले सर्वोच्च अदालतले २०७५ पुस १० गते दिएको परमादेशअनुसार सरकारले अहिलेसम्म पनि कानुन नबनाएको उल्लेख गर्दै यही पुस ५ गते अवहेलनासम्बन्धी मुद्दा दायर गरेका थिए ।

जलवायु परिवर्तनलाई अनुकुलन तथा न्यूनिकरण गर्ने सन्दर्भमा छुट्टै कानुन निर्माण गरी समस्याको सम्बोधन हुन जरुरी भएकाले जलवायु परिवर्तनसम्बन्धी एकीकृत कानुन यथासीध्र निर्माण गरी लागू गर्नु गराउनु भन्ने अदालतको आदेशमा उल्लेख छ ।
रासस

वि.सं.२०८० पुस १७ मंगलवार १९:३० मा प्रकाशित

सेवोन अध्यक्षका अभिव्यक्तिबारे रविन्द्र भट्टराईको प्रश्न – ‘साना लगानीकर्तालाई किन भाइरसजस्तो चित्रण गरिँदैछ ?’

सेवोन अध्यक्षका अभिव्यक्तिबारे रविन्द्र भट्टराईको प्रश्न – ‘साना लगानीकर्तालाई किन भाइरसजस्तो चित्रण गरिँदैछ ?’

काठमाडौं । शेयर विश्लेषक तथा अर्थशास्त्री रविन्द्र भट्टराईले नेपाल धितोपत्र...